११ बैशाख २०८१, मंगलवार

 

आजको मौषम :पानी र हिमपातको सम्भावना !

आजदेखि मौसम फेरी वदली हुने भएको छ । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडि क्षेत्रमा हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ ।

मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण आज पश्चिमी क्षेत्रमा, भोली देशभरी र पर्सी बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद गंगा नगरकोटीले जानकारी दिनु भएको छ ।

यस्तै पश्चिमी उच्च पहाडि र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडि र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद नगरकोटीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्