१५ चैत्र २०८०, बिहीबार

 

परीक्षा शान्तिपूर्ण २४ बहिरा, ९ बटुक र १ दृष्टीविहिन परीक्षार्थी

बागलुङको विद्यामन्दिर माविमा परीक्षा दिन गएका बहिरा बिद्यार्थीहरु परीक्षाको शुभकामना बा“ड्दै । धौलागिरी बहिरा माविका २४ बहिराले कम्प्युटर ईन्जिनियरिङ तर्फको प्राविधिक परीक्षा दिएका छन् । 

बागलुङ– विद्यालय तहको परिक्षा एसईईको पहिलो दिन बागलुङमा शान्तिपूर्ण भएको छ । जिल्लामा ५ हजार ५ सय १९ परीक्षार्थीले परीक्षा दिएका छन् । ती मध्ये २ हजार ८ सय ७४ छात्रा छन् ।

बिशेष शिक्षा तर्फ यहाको धौलागिरी बहिरा माविबाट २४ जनाले कम्प्युटर धार बिषयको परीक्षा बिद्यामन्दिर केन्द्रबाट दिएको केन्दाध्यक्ष जगन्नाथ आचार्यले बताए । यो बर्ष मुक्तिनाथ बेदविद्याश्रमका ९ जना बटुक, जनताधन माविका १ जना दृष्टीविहिन र प्रभा मावि बोहोरा गाँउमा कैलास पौडेल किरियापुत्रीले परीक्षा दिएका छन् ।

प्राविधिक धार तर्फ १ सय ६८ विद्यार्थीले सदरमुकामकै विद्यामन्दिर माविबाटै परीक्षा दिएका छन् । उनीहरुले कम्प्युटर, कृषि, भेटेनरी र सिभिल ईन्जिनियरिङको परीक्षा दिएका हुन् । परीक्षालाई मर्यादित बनाउनका लागि कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ। जिल्लामा ३१ वटा परीक्षा केन्द्रमा संचालन हुने परीक्षा अन्तरगत सदरमुकामको बिद्यामन्दिर माविमा बहिरा, खुला विद्यालय, नियमित र पुरानो शिक्षाका एक्जेम्टेट लाई पनि व्यवस्था गरिएको हो ।

परीक्षालाई म¥र्यादित बनाउनका लागि माध्यामिक परीक्षा समन्वय समितिले ३३ बु“धे आचारसंहिता पनि जारी गरेको छ । ती संहिता पालना नगरेमा आवस्यक कारवाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरेमा शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महिना सम्म कैद र एक लाख रुपैया“ सम्म जरिवाना गराउन सकिने चेतावनी दिइएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कुश्मराज उपाध्यायले बताए ।

परीक्षामा गण्डकीप्रदेश सरकारले सबै केन्द्रमा छात्रालाई प्याड वितरणका लागि ३६ हजार रुपैया पनि दिएको थियो । उपाध्यायका अनुसार ३१ केन्दाध्यक्ष, ३९ सहायक केन्द्राध्यक्ष, ५६ सहायक सहित २ सय ६८ निरिक्षक खटाएको छ । सबै केन्द्रका लागि ४ सय ६५ सुरक्षाकर्मी पनि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्