१५ चैत्र २०८०, बिहीबार

 

निसीखोला विधुत आयोजनाद्धारा ३ दिने व्यवस्थापन तालिम

बागलुङ– निसीखोला दोश्रो लघुजलविधुत आयोजनाको आयोजना, बैकल्पिक उर्जा प्रवन्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा आजदेखि निसीखोला गाउँपालिका ४ स्थित निसीखोला दोश्रो जलविधुत आयोजनाको कार्यालयमा ३ दिने कम्युटराईज विलिङ तथा लेखा व्यवस्थापन तालिम संचालन भएको छ ।

जलविधुत आयोजनालाई व्यवस्थित एवम चुस्त दुरूस्त राख्नका निम्ती तालिमले सहयोग पुर्याउने अपेक्षा गरीएको छ । आयोजित तालिममा बागलुङ जिल्लाका विभिन्न ६ जलजिवधुत आयोजनाका व्यवस्थापक एवंम सचिवको सहभागिता रहेको छ । तालिम उद्धघाटन सत्रको कार्यक्रममा प्रमुख अतिथीको ?पमा रहनु भएका निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै जिल्लाभरको तालिम निसीखोला गाउँपालिका स्थित निसीखोला दोश्रो लघुजलविधुत आयोजनामा हुँदै गर्दे आफु खुसिभएको बताउँदै तालिमले विधुत व्यवस्थापन र आर्थिक व्यवस्थापनलाई चुस्त दु?स्त राख्नमा मद्धत पुग्ने विश्वास व्यत्त गर्दे सफलताको कामना गरे ।

कार्यक्रममा निसीखोला दोश्रो जलविधुत आयोजना अध्यक्ष लोकिश्वर पौडेलको अध्यक्षता, सँस्थाका सल्लाहकार सम्योजक खिमविक्रम शाहि, सचिवालय सदस्य रमेश विक्रम शाहि लगाएतको आतिथ्यता रहेको कार्यक्रमम बैकल्पिक उर्जा प्रवद्धन केन्द्रका मादवकुमार कठायतले सहजिकरण गरेका थिए । तालिममा कार्यक्रममा निसीखोला दोश्रो , निसीखोला तेश्रो, भुजिखोला पाँचौ, ग्रिन्डीखोला सहकारी आयोजना, चाचलघाट लघुलजलिविधुत आयोजना र ताराखोला जलविधुत लिमिटेडका व्यवस्थापक तथा सचिवको उपश्थित रहेको थियो। तालिम सँस्थाका सचिव मिलन हमालको स्वागत बैकल्पिक उर्जा प्रर्वधन केन्द्रका कृष्ण गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्