१३ बैशाख २०८१, बिहीबार

 

बागलुङमा १ सय ४ नयाँ क्षयरोगी फेला

बागलुङ । बागलुङमा क्षयरोगका राेगीको संख्या बढ्दै गएको जानकारी हुन अाएकाे छ । स्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारी अनुसार यस बर्षको फागुन मसान्तसम्म १ सय ४ जना नयाँ क्षयरोग फेला परेको जनाइएकाे छ ।

कार्यालयको तथ्याङक अनुसार आर्थिक बर्ष २०७५÷७६ मा तुलनात्मक रूपमा नयाँ  बिरामीको संख्याँ बढेको हो । जिल्लाको बडिगाड गाउँपालिकामा सबैभन्दा बढि १२ जनामा नयाँ क्षयरोगी भेटीएका छन् ।स्वास्थ्य कार्यालय बागललुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जिल्लामा क्षयरोगका विरामी उपचारमा गत वर्षको तुलनामा बृद्धि जानकारी दिए । गत वर्ष ८७ प्रतिशत रहेको उपचार दर यस वर्ष ९४ प्रतिशत पुगेको छ उनकाे दाबी छ । क्षयरोगका शंकास्पद विरामीको अहिलेसम्म निसीखोला गाउँपालिकाको निसी र बोहोरागाउँ स्वास्थ्यचौकी, तमानखोला गाउँपालिकाका बोङगादोभान स्वास्थ्य चौकी, बरेङ गाउँपालिकाका बाटाकाचौर, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ, जैमिनी नगरपालिकाको कुश्मिसेरा, गलकोट नगरपालिकाको हरिचौर, बडिगाड गाउँपालिकाको दगातुन्डाँडा, ताराखोला गाउँपालिकाको अर्गल, स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अंचल अस्पतालमा क्षयरोगको खकार परिक्षण हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्