८ बैशाख २०८१, शनिबार

 

करिब ८ कराेड लागतमा बागलुङ बसपार्क बन्ने

पर्वत । बागलुङमा करिब ८ कराेड रूपैयाँकाे लागतमा  नयाँ बसपार्क निर्माण हुने भएको छ । बागलुङ नगरपालिका ४ उपल्लाचौरमा नयाँ  निर्माण हुन लागेको बसपार्क लागि १७ रोपनी जग्गा स्थानीयबासीले निशुल्क प्रदान गरेका छन् ।

नगरविकास कोषसँग ऋण सम्झौतापछि बागलुङ नगरपालिकाले एक वर्षभित्रै बसपार्क बनाउने गरी आशिष फेवा संयुक्त निर्माण कम्पनीसँग सम्झौता समेत गरेको छ । गत महिनामा मात्रै उक्त कम्पनीसँग सम्झौता भएको नगरपालिकाले जनाएकाे छ । ७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा एक वर्षभित्र काम सक्नेगरी सम्झौता गरी काम शुरु भएको हाे । कम्पनीले बसपार्कसहित टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्यांक्सी पार्किङ समेत निर्माण गर्ने बसपार्क निर्माण समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिए । बसपार्कमा शौचालय, खानेपानी र दोहोरो ट्रयाक निर्माण हुने उनले जानकारी गराए ।

नगरपालिकाले गत आर्थिक बर्षको बजेटबाट ४० लाख रुपैयाँ खर्चेर जमिन सम्याएको थियो । नगरबिकास कोषले ९ करोड ४ लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम शुरु भएको हो । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपुरक कोषबाट २५ लाख खर्च हुनेछ । बसपार्क निर्माणकै लागि केएफ डब्लुले १० लाख र नेपाल सरकारले १८ लाख रुपैयाँ पनि ऋण उपलब्ध गराउने भएका छन् । त्यसले नगरपालिकाको ऋण भार १० करोड ४ लाख ८८ हजार रुपैयाँ पुग्नेछ । बाँकी ४० लाख रुपैयाँ स्थानीय बासिन्दाको संकलन हुने बताइएको छ ।

पार्कमा बढीमा ७० वटा बसपार्क गर्न सकिन्छ, त्यसैले दिर्घकाल सम्मका लागि अझै साँघुरो हुन्छ’ ईन्जिनियर मनोज शर्माले भने, ‘लामो दुरी र छोटो दुरीका छुट्टाछुट्टै पार्क प्रयोग गर्दा यसको बढी सदुपयोग हुनेछ ।’ जमिनमा जग्गादाताको लागि कम्तिमा साँढे दुइ आनादेखि पाँच आना सम्मका एकसय २७ वटा घडेरी बनाईने छ ।

 

प्रतिक्रिया दिनुहोस्