१६ चैत्र २०८०, शुक्रबार

 

मुस्ताङमा सुख्खा पहिरोले, ८० घर जोखिममा

मुस्ताङ । सुख्खा पहिरो जाँदा मुस्ताङमा प्रथामिक स्वास्थ्य क्लिनिक भत्किएको छ । घरपझोङ गाउँपालिका १ छैरोस्थित तिब्बती शरणार्थी क्याम्पमा सुख्खा पहिरो गएको हो । पहिरोले क्याम्पमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रको एक भवन भत्किएको छ । करिब ८० घर पहिरोको जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार कालीगण्डकी नदी किनारबाट सोमबार रातिदेखि पहिरो जान थालेको हो। पहिरो तत्काल नियन्त्रण गर्न सकिने अवस्था नरहेकाे  उनले बताए । उनले भने, ’गाउँ पुग्ने ५० मिटर बाटो पनि बगेको छ।’ स्वास्थ्य केन्द्रको शौचालय पनि बगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्