१३ बैशाख २०८१, बिहीबार

 

गृहमन्त्री थापाकाे फेसबुक पेजमा विप्लवको सर्मथनमा धेरै प्रतिक्रिया

काठमाडाैं । नेकपा विप्लव समुहको हिंसालाई नियन्त्रण गर्न गृह मन्त्रालयको आइतबार जारी गरेको प्रेस विज्ञप्तीप्रति गृहमन्त्री राम बहादुर थापाको आधिकारिक फेसबुक पेजमा तुलनात्मक रुपमा सरकारको गतिविधीको विपक्षमा प्रतिक्रिया आएका छन् । सरकारले विप्लव नेतृत्वका गतिबिधी नियन्त्रण गर्न उक्गत समुहलाइ गत फागुन २८ गते प्रतिवन्ध लगाएको थियो भने आइतबार सहयोग गर्ने सर्वसाधरणलाई  समेत कानुन अनुसार कारवाही हुने विज्ञप्ती गृहमन्त्रालयले जारी गरेको थियो ।

सरकारको उक्त कदमको विपक्षमा सर्वसाधरणको मत प्रकट भएको छ । प्रतिक्रियामा भनिएको छ, ‘हजारौं पटक सोचेर मात्र विप्लव पार्टी माथि प्रतिबन्ध लगाउनु ठिक हुन्छ । नभए देशले ठुलो घाटा बेहोर्नुपर्छ यो इतिहास साँची छ ।’ त्यसैगरी अर्काे प्रतिक्रिया छ, ‘मन्त्री ज्यु हामी जनतालाइ चन्दा माग्ने र धम्क्याउने गरेको छैन भ्रस्टचारिलाइ हो सक्नु हुन्छ भने घुसखोरिलाइ ठेगान लगाउन उनिहरुलाइ सथा दिनोस तपाइँहरुको पुराना दिन सम्झनोस त अब भनुहोस तपाइहरु कहाँ र जनता कहाँ छन ?’

मन्त्री थापाको विगतलाई स्मरण गराउदै समेत सर्वसाधरणले उक्त पेजमा प्रतिक्रिया जनाएका छन् । ‘हुनत हजुरको शब्दकोषमा नैतिकता भन्ने शब्द भए यस्तो हर्कत गर्नुहुने थिएन ।।त्यै पनि बचेखुचेको भए राजिनमा दिनुस्।धनयुद्दकार कामरेड ।’ लगायतका शब्द छन् ।

मन्त्री थापाकाे अा धिकारिक फेसबुक पेज https://www.facebook.com/rambahadurthapabaadal/posts/475078549698448

उल्लेखित प्रतिक्रिया मन्त्रीको फेसबुकबाट जस्ताको तस्तै साभार गरिएका हुन् । साभार गरिएका प्रतिनिधीमुलक प्रतिक्रिया भएपनि त्यसले सरकारले गरेको निर्णयको जनतामा सकारात्मक सन्देश गएको छैन् भन्ने बुझ्न कर लाग्छ । कतिपय नागरिकले गहृमन्त्रीको राजनीमा समेत मागेका छन् । पेजमा रहेका केही प्रतिक्रिया यहाँ उल्ल्ेख गर्न लायक छन् । ‘लिखा भनेर छाडेको अहिले आएर जुम्रा को ढाडी भयो।बिगतमा आफुले सिकाएको तालिम प्रयोग गर्नु परोनि बादल जि ।’ कसैले खुलेयाम मन्त्रीको पेजमा विप्लवको सर्मथन समेत गरेका छन् । ‘साम्राज्यवाद वाद का नोकरहरु होशियार अब तिमीहरु को कम्युनिस्ट को बदनाम गर्दै नेपाली जनता लाई लुट्ने दलाल हरु अब बिस्तारै यो देश नै छोडेर भाग्ने दिन आउने छ भ्रष्टहरुको।बिप्लप जिन्दावाद ।’

मन्त्री र मन्त्रालयको सर्मथनमा भन्दा विपक्षमा गरिएका कमेन्ट अर्थात प्रतिक्रियामा लाईक समेत धेरै भएका छन् । त्यसप्रति मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन् । कसैले यो निर्णयलाई ओली सरकारको बचाउमा गृहमन्त्री लागे जसरी त्यसबाट बच्न समेत आग्रह गरेका छन् । साभार फरक किसिमको प्रतिक्रिया ‘नेकपाका खुस्कटहरुले आफ्नो खुट्टामा आफै बन्चरो हान्दै छन यसरी सक्ती प्रदर्सन गर्दैछन यो गलत हो । ओलिको बोलिमा नलाग्न संबंधित सबैलाई अनुरोध ।’

प्रतिक्रिया दिनुहोस्