१३ बैशाख २०८१, बिहीबार

 

विप्लवसमूहका अर्का प्रभावशाली नेता पक्राउ

काठमाडौं । कालिकोट प्रहरीले नेत्र विक्रम चन्द विप्लव माओवादी बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई पक्राउ गरेको छ।

कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो। प्रहरीको गस्ती टोलीलाई आक्रमण गर्ने, विभिन्न ठाउँमा बम बिस्फोट गराउने योजना बनाइरहेका बखत उनलाई पक्राउ गरिएको कालिकोट प्रहरी प्रमुख विनोद शर्माले बताए।

शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन्।शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद भएको शर्माले बताए। कालिकोट विप्लव माओवादी नेता खड्गबहादुर विश्वकर्माको आधार इलाका मानिन्छ।

प्रतिक्रिया दिनुहोस्