१६ चैत्र २०८०, शुक्रबार

 

नेपाली कामदारका लागि जापान खुला,मासिक कमाई न्युनत्तम २ लाख

काठमाडौं । नेपाली कामदारलाई अब  सरकारी तवरबाट जापान जाने बाटो खुला भएको छ । कामदार जापान लैजाने बिषयमा नेपाल र जापानबीच श्रम सम्झौता भएपछि बाटो खुला भएको हो ।

सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सहसचिव डा. रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सोमबार हस्ताक्षर गरेका छन् ।आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी एमओयू मा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार जापान जान पाउने छन् । कोरियाको जस्तै भाषा परीक्षा उत्र्तिण गर्नेहरु जापान जाने भएका छन् । नेपाली कामदारले न्यूनतम २ लाख रुपैयाँ देखि अधिकत्तम मासिक तलव वेतन पाउनेछन् ।

नेपालले सरकार मार्फत कामदार जापान पठाउने प्रस्ताव राखेको थियो। कामदार नठगिउन भनेर कोरियामा कामदार पठाएकै मोडलबाट पठाउने तयारी श्रम मन्त्रालयले गरेको छ । शेक्षिक बेरोजगारहरुका लागि पनि जापानको अवसर खुला भएको मन्त्रालयले जनाएको छ । १४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ। जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य जापानको छ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार विभिन्न १३ मुलुकबाट लैजाने तयारी गरेको छ।

नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्यण्ड, म्यानमार, कम्बोडिया र मंगोलियाबाट जापानले कामदार लिने जनाएको छ। जापानले कामदार भित्र्याउनु अघि नयाँ भिसा सिस्टम लागू गरिसकेको छ। जापानले कामदार भित्र्याउँदा आफ्नो साना र मझौला कम्पनीसँगै कृषिमा उत्पादन बढ्ने प्रक्षेपण गर्दै आएको छ। जापानले चिसो याममा नर्सहरूले अस्पताल छाड्ने समस्या भोग्दै आएको छ। प्रधानमन्त्री सिन्जो आबेले सन् २०१७ को हिउँदमा अस्पतालहरू नर्सविहीन भएको रिपोर्ट पाए लगत्तै विदेशी कामदार ल्याउन निर्देशन गरेका थिए ।

नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखेको छ । त्यसै अनुसार कामदार न्युनत्तम लागतमा जापान जान पाउने भएका छन् । यसअघि बार्षिक करिब ४ हजार नेपाली जावान जाने गरेका छन् । अधिकांश विद्यार्थी भिाषामा गएर उतै कामदार बन्ने गरेका थिए । त्यसरी जाने विद्यार्थीले विश्वविद्यालयका शुल्क अतिरिक्त नेपालस् शैक्ष्ँिक कन्सल्टेन्सीलाई महंगो शुल्क भुक्रानी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्