७ बैशाख २०८१, शुक्रबार

 

सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौँ । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प सहित अगाडि सारेको महत्वकांक्षी योजना सहित गर्न लागेको आर्थिक लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वर्तमान सरकारले पहिलो पटक गर्न लागेको सम्मेलनमा नै केही आयोजनासँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

करिब ३ दर्जन मुलुकका लगानीकर्तालाई आमन्त्रण गरेर आयोजना गरिएको सम्मेलन आफैमा बिकासप्रमी भएपनि महत्वकांक्षी बन्न पुगेको छ । किनकी यसअघि शुसिल कोइराला सरकारका बखत गरिएको लगानी सम्मेलनमा प्रतिवद्ध लगानी नआएको अवस्थामा आयोजना सहितको प्रस्ताव गरिएको यो सम्मेलनले कति लगानी भित्राउला चासोको बिषय भएको छ । सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

चालु आर्थिक वर्षको सात महीनामा मात्रै एक खर्ब ७३ अर्ब बराबरको वैदेशिक लगानीकाे प्रतिवद्धता  भएकाे छ ।  ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला तयार पार्ने लक्ष्यका साथ सरकारले सो सम्मेलन आयोजना गर्न लागि जनाएको छ । सम्मेलन यही चैत १५ र १६ मा राजधानीमा हुने भएको छ ।

तीन दर्जन भन्दा धेरै देशका करिब ३ सय लगानीकर्तालाई नेपाल भित्र्याएर लगानीको वातावरण बनेको जानकारी दिने मात्रै सम्मेलनको उद्देश्य छ । साथै ६६ आयोजनाका सूचीसमेत प्रस्तुत गरेर लगानीका लागि आर्कषित गर्ने सफल हुने सरकारको विश्वास छ । सरकारले सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना लगानी गर्न आव्हान गर्नै भएको छ ।

सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, कृषि , सूचना प्रविधि, ओद्योगिक, शिक्षा र स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । मुलुकको समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर ८ ठूला परियोजना छनोट गरिएको छन् ।
त्यसको तयारीका लागि सरकारले विदेशी लगानीकर्तालाई सहज वातावरण बनाउने लक्ष्यका साथ सङ्घीय संसद्ले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई हालै संसदबाट पारित गरिसकेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई समेत सङ्घीय संसद्ले पारित गरेको छ ।

सरकारले अध्ययन गरिरहेका पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ पोखरा रेलमार्ग, काठमाडौँ मेट्रो रेलदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पतालसम्मका परियोजना मा लगानीका लागि सम्मेलनमा प्रस्तुत गरिनेछ ।
जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाको रुपमा राखिएको छ । बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूची गतआइतबार मात्रै टुङ्गो लागेको छ ।

यसपटकको सम्मेलन परियोजनाको विविधता पनि भएकाले विगतका सम्मेलन भन्दा फरक रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । सम्मेलन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । राजनीतिक सङ्क्रमणकालको अन्त्य भई देशमा स्थिर सरकार बनेको सन्दर्भमा आयोजना गरिएको सम्मेलनले सरकारको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्