७ बैशाख २०८१, शुक्रबार

 

बागलुङ पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउने

बागलुङ । नेपाल पत्रकार महासघ बागलुङ ६४औँ स्थापना दिसव दुई दिवसीय कार्यक्रम सहित मनाउने भएको छ । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतमा सोमबार बसेको बैठकले चैत्र १६ गतेको स्थापना दिवस रचनात्मक कार्यक्रम गरी मनाउने निर्णय गरेको हो।

दिवसको अवसरमा चैत्र १५ गते जिल्लाका अग्रज पत्रकारहरु सँग पत्रकारिताका उपलब्धी र कमजोरीका जोखिमपूर्ण प्रेरणादायक प्रसंगका बारेमा अन्र्तक्रिया, १६ गते प्रभातफेरि सहित पत्रकारको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने निर्णय भएको सचिव राम थापा ‘अविरल’ले जानकारी गराए ।  नेपाल पत्रकार महासंघको २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको थियो । महासंघका संस्थापक सभापति पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई हुन् । धौलागिरी अंचल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको सचिव थापाले बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङले संचालन गरेको ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानलाई बागलुङ सेवा समाज दोहा कतारका तर्फबाट १५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।  दुईतलाको काम सकेर सुविधा सम्पन्न सभाहल निर्माणको काम शुरु गरेको महासंघलाई समाजका तर्फबाट कतारमा कार्यरत रही हाल जिल्ला फर्किएका पत्रकार सन्तोष क्षत्रीले महासंघका अध्यक्ष दिल शिरीषलाई उक्त रकम हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्