१३ बैशाख २०८१, बिहीबार

 

दुर्घटनामा लेखापाल रावलसहित दुईको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–९ मा सोमबार साँझ मिनीट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल सहित दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नम्बरको मिनीट्रक एकापसमा ठोक्किँदा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको हो । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्