१२ बैशाख २०८१, बुधबार

 

स्थानीय श्रम र सीप नै गाउँपालिकाको विकासको आधारःथापा

अमरबहादुर थापा, अध्यक्ष (काठेखोला गाउँपालिका)

बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा गाउँपालिकाको विकासका दत्तचित्त छन् । उनको सपना छ, पालिकालाई आत्मनिर्भर बनाउने । साथै आफ्नो कार्यकाललाई विकास र समृद्धीको जग बसाउने उनको सपना छ ।

निर्वाचनका क्रममा गरेका बाचासँगै उनले गाउँपालिकामा समाजिक सुरक्षालाई ध्यान दिदै आएका छन् । आमा सुरक्षा कार्यक्रम, काठका विद्युतीय पोल विस्थापन, गरिब विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम, एक वडा एक उत्पादन कार्यक्रमलाई सफल तुल्याउन उनी लागि परेका छन् । भौगोलिक हिसाबले दुर्गम मानिएको काठेखोला आफैमा राजनैतिक चेतनाको धरोहर स्थान हो । पंचायती कार्यकालमा सुषुप्त जागरणका कार्यक्रम यहाँबाट संचालन भएका उदाहरण छन् । त्यसैले वर्तमान राजनैतिक आन्दोलनको उद्देश्य प्राप्ती पछिको समय भएकोले आर्थिक समृद्धीलाई जग बसाउने बेला भएको उनको बुझाइ छ ।
विकासका गतिबिधीले सरकार र आफ्ना योजना बनाउन चुक्नु हुदैन भन्ने उनको मान्यता छ ।

गत आवमा ९६ प्रतिशत काम सम्पन्न गरेको र यस वर्षपनि सोही अनुसार आफूहरुले काम अगाडि बढाएको थापाको अनुभव छ । आफू शासकभन्दा पनि सेवकका रूपमा प्रस्तुत हुदै आएको बताउँदै उनले भने ‘सच्चा लोकतन्त्रमा न राजा–राजा रहन्छ, न जनता–जनता रहन्छ । अर्थात शासक निर्देश जनता सेवक मात्र हुदैन् । दुबैका लागि एक अर्का पर्याय बन्न सक्नुपर्छ ।’ त्यसैले आफु जनताको सेवक रहेको उनको दाबी छ । संघीयताको पहिचानलाई आत्मासात् गर्दै समृद्ध गाउँपालिका निर्माणको लागि आफूले योजना बनाएको उनले बताए । पाँच वर्षे कार्यकाललाई लक्ष्य प्राप्त गर्ने समयसिमा बनाएर योजना कार्यन्वयन गर्दै कार्यकालमा सफलता चुम्ने उनले विश्वास छ ।

विकास निर्माणमा तिब्रता

आफ्नो गाउँपालिकामा सडक,शिक्षा,स्वास्थ्य,खानेपानी लगायतका विकासका निर्माणमा कार्यहरुमा उनको ध्यान पुग्ने गरेको छ । भौगोलिक जटिलताका कारण जथाभावी नयाँ सडकका रुट खोल्न भन्दा पनि संचालनमा रहेका सडकहरुको स्तरोन्ती गर्ने कामलाई उनले प्राथमिकता दिएका छन् । विकासको नाममा जथाभावी डोजर लगाउने कामलाई थापाले निषेध गरेका छन् । साथै अनावश्यक आर्थिक वयभारका कार्यक्रमलाई उनले रोक लगाएका छन् । योजना पहिचान र छनोटमा निश्चित मापदण्ड तयारी गरी सडक विस्तारको कामलाई अगाडि बढाएको उनको दाबी छ । हिउँदमा जथाभावी लगाएको डोजरले बर्षायाममा आतंक मच्चाउछ । त्यसैले त्यसता बिषयमा सदैव सजग रहदै आएको उनले बताए । समय मै सजगता नअपनाउदा त्यसले निम्ताउने भयावहले अर्काे बिनाश निम्ताउँछ भन्ने उनले राम्ररी बुझेका छन् । उनले भने ‘पर्यावरणको संरक्षण सहित दिगो बिकासमा आधारित कार्यक्रमलाई जोड दिएका छौं ।’

कृषि र पर्यटनमा जोड

समृद्ध नेपाल, सुखि नेपाली सरकारको अभियानलाई आत्मासात् गरेर गाउँपालिकामा उनले कृषिमा आत्मनिर्भर हुने कार्यक्रम संचालनमा जोड दिएका छन् । आर्थिक समृद्धिका लागि कृषि र पर्यटन प्रर्वद्धनमा सक्दो योगदान गरेर हरित पालिका बनाउने उनको योजना छ । सुन्तला खेती पकेटक्षेत्र, आलुखेती पकेटक्षेत्र, हाटबजार, पर्यटन प्रवद्र्धनका कार्यक्रम, होमस्टे लगायतका कार्यक्रम संचालन गर्न स्थानीयसँग छलफल समेत चलाएका छन् । उनीहरुको रुची र आवश्यकतालाई मध्य नजर गरेर त्यस अनुसार पालिकाको कार्यक्रम बनाउन उनले ध्यान पनि दिएका छन् । साथै आर्थिक पारदर्शितालाई पनि उनले त्यत्तिकै ध्यान दिएका छन् ।गयिरबीको रेखामुनी रहेको निम्न वर्गिय परिवारको आर्थिक स्तर उकास्न उनले गरिबी न्युनीकरण संचालन गर्ने सोच बनाएका छन् ।
उनले गाउँपालिकाको आर्थिक विकासको मेरुदण्ड नै कृषि र पर्यटन भएका कारण यसमा गाउँपालिकाले प्राथमिकतामा राखेर योजना बनाइरहेको बताए । पाँच वर्षभित्र गाउँपालिकाका हरेक वडालाई आत्मनिर्भर र स्वाभिमानयुक्त पहिचानसहितको वडा बनाउने योजना बनाएका छन् । स्थानीय श्रम र सीपलाई विकासको आधार मानेर प्राकृत स्रोतलाई उपयोग गर्ने सपना छ । उनले आफ्नो सपनालाई स्थानीयबासीको सहयोग र सद्भावले मात्र सफल हुने बताए ।

कार्यविधि 

संघले प्रदेशलाई सहयोग नगरेको र प्रदेशले स्थानीय तहसँग समन्वय नगरेको गुनासो आइरहेको बेला उनले आफूहरुले कार्यविधि बनाएर अगाडि बढेको बताए । दोष अरुलाई मात्र नभएरु आफुले आफ्नो जिम्मेवारीलाई वहन गरेर अघि बढ्नु पर्छ भन्ने उनको मान्यता छ ।
प्रदेशले समयमा नै नियम कानून तयार गरी नदिएका कारण आफूहरुलाई धेरै नै समस्या भएको तर कानूनमा उल्लेख भए अनुसारको अधिकार प्रयोग गरी स्थानीय तहले नै कानून निर्माण गरी अगाडि बढेको उनले बताए ।

समयमा नै कानून बनेका कारण स्थानीय तह मारमा परेको भए पनि स्थानीय तहले पाएको अधिकारलाई आफूले प्रयोग गरि कार्यविधि तयार गरी अगाडि बढेको बताए ।
सामान्यतया कानुनका अभावले भनेजस्तो काम गर्न नसकिएको उनको पनि गुनासो छ । तरपनि समस्याको समाधान आफ्ना तर्फबाट गर्नुपर्छ भन्ने उनको सकारात्मक सोच छ । दक्ष प्राविधिक जनशक्ति, भौतिक पूर्वाधारजस्ता समस्याले आफ्ना योजनालाई साकार रुप दिन नसकेको एक बर्षे कार्यअनुभव उनीसँग छ । आफ्नो कार्यकाललाई विकासको जग बसाउने गरीे जनताका कामलाई प्राथमिकता दिएको उनको भनाइ छ। समस्याको पहिचान र समाधान छलफल र सामन्जस्यबाट गर्न सकिन्छ भन्ने सहभागीत्मक विकास मोडल अपनाउदै उनको विकास निर्माणका कामलाई गति दिएका छन् । उनले भने ‘मतबाट चुनिएको प्रतिनिधी शासक भन्दा पनि सेवक बन्न सकियोस भन्ने मेरो सोच हो ।’

प्रतिक्रिया दिनुहोस्