८ बैशाख २०८१, शनिबार

 

कांग्रेस नेतृ संग्रौलाको आरोप पन्तका हत्यारा सिंहदरबारबाटै संरक्षित

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले निर्मला पन्तका हत्यारालाई वर्तमान सरकारले बालुवाटार र सिंहदरबारभित्रैबाट संरक्षण गरिरहेकाे सार्वजनिक रुपमा आरोप  लगाएकी छन्।

पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप लगाउँदै संग्रौलाले बालुवाटार भित्रैबाट संरक्षण गरिएकाले प्रहरीले पक्राउ गर्न नसकेको जिकिर नै गरिन् । मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संग्रौलाले यस्तो आरोप लगाएकी हुन् । सरकार सुरक्षा, सुशासन, शान्ति र समृद्धिको मुद्दामा सरकार पूर्णरूपमा असफल भएको उनको ठम्याइ छ ।

एउटी बालिकाको बलात्कार र विभत्स हत्या भएको ८ महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसक्ने सरकारले शान्ति सुरक्षा दिन नसक्ने उनको ठहर छ ।

राष्ट्रिय सुरक्षा परिषद् विधेयकमार्फत् सरकारले संविधान उल्लंघन गर्न खोजेको र प्रधानमन्त्रीले ठूला परियोजना सञ्चालन गर्न खोज्नुमा सरकार नियतमा भ्रष्टाचार रहेको उनको आरोप छ । नेता संग्रौलाले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई मुठभेडतिर धकेल्न खोजेको आरोप समेत लगाइन् । साथै उनले विप्लव समुहलाई वार्तामा आउन पनि आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्