७ बैशाख २०८१, शुक्रबार

 

निर्वाचन आयोगमा थपलियाको नियुक्तीसँगै आयुक्त दाहालकाे राजीनामाकाे संभावना

काठमाडौँ । संवैधानिक परिषद्को सोमबार बसेको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । उनी नियुक्त हुनसाथ आयोगका तीन सदस्य मध्येका सिनियर नरेन्द्र दाहालले राजीनामा दिन सक्ने संभावना छ ।

परिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उनलाई सिफरिश गरेपछि संभावित प्रमुख आयुक्तका रुपमा चर्चामा आएका दाहालले संक्षिप्त प्रतिक्रिया दिदै ‘आफुले पनि सिफरिश अरु भएको जानकारी पाएको छु ।’ भने । उनले थपलियाको सिफरिश प्रति संक्षिप्त प्रतिक्रिया दिदै भने –यो नेपाल हो, यहाँ हुदैन् भन्ने केही छैन् । बुझ्नु भएकै छ ।

निवर्तमान प्रमुख आयुक्त डा।अयोधीप्रसाद यादवले आइतबार मात्रै अवकास पाएपछि प्रमुख निर्वाचन आयुक्तकाे पद  रिक्त भएको थियो । रिक्त पदमा बहालवाला सचिव थपलियालाई सरकारसँगको समवन्यमा परिषद्ले सिफरिश गरेको हो । पाँच सदस्यीय निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहने व्यवस्था छ । प्रमुख आयुक्त यादव र इला शर्मा आइतबार मात्रै सेवा निवृत्त भएसँगै हाल हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन् । निर्वाचन आयोग स्रोतका अनुसार प्रमुखका आकंक्षी रहेका दाहालले थपलियाको नियुक्तीसँगै राजीनामा दिनसक्ने संभावना छ । दाहाल नेपाल सरकारका सेवा निवृत सचिव हुन् । उनलाई अघिल्लेा पटक केपी ओली प्रधानमन्त्री हुदाँ निर्वाचन आयोगमा सदस्यका रुपमा नियुक्त गरिएको थियो । त्यसैले उनले यसपटक प्रमुख हुने आकंक्षा देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्