१३ बैशाख २०८१, बिहीबार

 

बागलुङ र पर्वतमा माछापुच्छे बैंकको शाखा विस्तार

बागलुङ । माछापुच्छे बैंकले पर्वतमा आफ्नो शाखा विस्तार गर्न लागेको छ भने बागलुङमा शाखारहित सेवा (एक्टेन्सन) विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । बागलुङ शाखा प्रबन्धक विनोद त्रिपाठीका अनुसार बागलुङमा दुई ठाउँमा शाखारहित सेवा विस्तार गर्ने गरी काम अगाडि बढेको जानकारी दिए ।

रेसमा बैंकले आफ्नो शाखारहित सेवा विस्तार गरेको छ । शाखारहित सेवामा स्थानीयको आकर्षण बढेको र शाखारहित सेवा संचालनमा आएको महिनादिनमा नै ४ सय भन्दा बढिको खाता खोल्ने काम भएको उनले बताए । बैंकप्रति जनताको आकर्षण बढ्दो देखियो त्यसैले जिल्लाको ग्रामिण क्षेत्रलाई लक्षित गरी हामीले अझ दुई ठाउँमा शाखारहित सेवा विस्तार गर्ने योजना रहेको उनले बताए तर कहाँ भन्ने कुरा उनले खुलाएनन् । बैंकले ग्रामिण क्षेत्रलाई लक्षित गरी आफ्नो शाखा विस्तार गर्ने योजनामा रहेको उनले बताए ।

जिल्लामा रहेका बैंकहरुमध्ये उक्त बैंक आफ्नै भवनमा भएको एक मात्र बैंक हो । अन्य सरकारी तथा गैरसरकारी बैंक भने भाडाका घरबाट संचालनमा आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्