८ बैशाख २०८१, शनिबार

 

येस्तो छ आजको मौषम पुर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमवार दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ।

उसका अनुसार पहाडी भेगको केही स्थानमा र पूर्वी तराई भेगका एक दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

सोमवार राति भने पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रहने, पश्चिम र मध्यनेपालका पहाडी भूभागमा आंशिक बदली हुने र अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

तर पूर्वी नेपालका केही स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना भने उसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्