६ बैशाख २०८१, बिहीबार

 

यी क्षेत्रमा हावाहुरीसहितको वर्षा

काठमाडौं । देशको पूर्वी र पश्चिमका थोरै भू–भाग, तथा मध्य पहाडी भू–भागका एक दुई  स्थानमा मेघ गर्जन भएर हावाहुरीसहित क्षणिक वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौषमविद् बरुण पौडेलका अनुसार देशको पुर्वी लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ ।

त्यसैगरी राति देशको पुर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् पौडेलका अनुसार पुर्वी भू–भागका एक दुइ स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्