८ बैशाख २०८१, शनिबार

 

जनताको आकांक्षा र आवश्यकतालाई बुझेर अगाडि बढ्नुपर्छ- पूर्वप्रधानन्यायाधीस श्रेष्ठ

तपाईं स्वंयम न्यायसेवामा विशिष्ठ श्रेणीकाे भूमिका निर्वाह गरेको व्यक्ति हुनुहुन्छ । न्यायक्षेत्रले कसरी आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ?  

न्याय क्षेत्रको भुमिका तुलनात्मक रुपमा राम्रो छ ।हामी सबैले आआफनो जिम्मेवारी कुशलता पुर्वक बहन गर्ने हो भने समस्या आउँदैन ।स्वतन्त्रता र कर्तव्यलाई सगै सगै लानु पर्छ ।’सरकारको नीति र निर्णय कार्यान्वयन गरिदिने निकाय हो, राजनीतिक वर्गले गरेको मुल्यगत बिषय र मान्यतालाई कार्यान्वयन गरिदिने निकाय न्यायक्षेत्र हो ।’

क्षमताले गर्ने कुरा हो । राजनीति भनेको,’जनताको आकांक्षा र आवश्यकतालाई बुझेर गर्नसक्नुपर्छ । त्यसैले न्यायक्षेत्रबाट राजनीतिक आवश्यकताको पूर्ति हुन सक्दैन् । सम्यक विवेकको प्रयोग र कार्यन्वयन गर्ने निकाय हो, भनेर बुझ्न आवश्यक छ ।’

यति भनिरहँदा समाजमा केही छैन भनेर निराशा पैदा गर्नु मेरो आशय हैन,’ । देशको अवस्था बिग्रीएको बाटोबाट सुधारिएको छ । बन्दै गएको वातावरणमा दिनुपर्ने प्रतिफल नआएको हो । देशका बारेमा गरिने चिन्तनलाई रचनात्मक तरिकाबाट प्रस्तुत गर्न सक्नुपर्छ । देशको अवस्था वा परिस्थितीमा सुधार ल्याउन ‘सम्स्वर’ एउटै स्वर आएको भए आज देश जुन अवस्थामा छ, अवश्य त्यहाँ रहदैन्थ्यो ।’ समाज व्यक्ति केन्द्रित हुँदै गएको अवस्था छ । त्यसको प्रभाव सबै क्षेत्रमा परेको छ । मानिसलाई निराश हुनबाट बचाउँने र आशा भर्ने काम बौद्धिक जगतले गर्न सक्नु पर्छ । साथै न्यायक्षेत्रले पनि आफ्नो मुल्य मान्यतालाई कायम राख्नु पर्छ । ।

 न्याय सेवाको विशिष्ठ जिम्मेवारी (प्रधानन्यायाधीस) मा कार्य सम्पादन गरेको व्यक्ति यतिबेला सामान्य नागरिक भएर वर्तमानलाई मूल्यांकन गर्दा कस्तो लाग्छ ?

जे देखिन्छ, त्यो भन्दा खासै फरक छैन् । हिजोसम्म पदिय जिम्मेवारीका कारण सबै व्यक्त गर्न सक्दिन थिए । । तर स्वतन्त्र किसिमबाट आफूलाई लागेका विषयमा अभिव्यक्ति दिन सक्छु। मुल्यांकन कसरी, कस्को गर्ने? त्यसैले यी सबै बिषयमा धेरै चर्चा नगरौं ।

 वर्तमान नेपाली समाजका बारेमा यहाँको बुझाइ ?

समाजका बारेमा कुरा गर्दा एक व्यक्ति अर्का व्यक्ति होस, वा एउटा दल अर्कासँग शंका वा प्रतिष्पर्धी रहेको पाउँछु । म यसलाई अनुचित प्रतिष्पर्धा भन्न रुचाउँछु । आज नेपाली सुखको खोजीमा युरोप,अमेरिका,खाडी र मलेशियासम्म भौतारिएको अवस्था छ । हामी नेपाली आज मात्र उपभोक्ता बनिरहेका छौं । यो उपभोक्तावादले समाजलाई चरम विकृतितर्फ धकेलिरहेको देखिन्छ ।

अर्कातिर राजनीति प्रतिशोधात्मक बन्दै गयो । यी दुबै समाजका लागि सुखका संकेत हैनन् भन्ने लाग्छ ?

बालृकष्ण समको ‘अमरसिंह’ नाटकलाई स्मरण गर्न चाहन्छु । नाटकमा देखेको सिमा विस्तारमा किल्ला कागंडा पुगेका अमरसिंह जवर्जस्ती फर्कनु परेको पीडालाई कसले बुझेको छ ? यहाँ । कारण के थियो त ? विश्वासको अभाव । वीर सपुतहरु युद्ध मैदानमा रहेका बेला यता गरिएको सम्झौताले जसरी साहसलाई निराशामा परिणत गरिदिएको थियो । आजको समाजमा पनि त्यसरी निराशा छाइरहेको देखिन्छ । जित्दाजित्दै पनि कुमाउ र गढवाल जसरी विलय भयो । विलय भएपछि अमरसिंहको अवस्था जस्तै देखिन्छ, वर्तमान ।

आफु जन्मेको माटोमा सरल र सफल वफादारिता निभाउन सक्यौ भने मात्र देशभक्त ठहरिनेछौं । तत्कालिन समयमा अहिले जस्तो वाकपटु वा अंग्रेजी,हिन्दी वा अन्य भाषामा पुर्खाहरु पोख्त  थिएनन् । उनीहरुको साहस,तपस्या र त्यागले देश बनेको हो । वर्तमानमा मैले गरे भन्ने भ्रम कसैले नराखे हुन्छ, ‘मलाई त त्यो भ्रम छैन् । समयको गति अनुसार चल्ने हो । चल्न पनि सक्नुपर्छ ।’

देश निर्माणको कुरा गरिरहँदा पृथ्वीनारायण शाहलाई कसरी स्मरण गर्ने ?

मैले यहाँ व्यक्त गर्ने विचार नितान्त व्यक्तिगत हुन् । त्यसैले मेरो विचारसँग कोही सहमत हुनपर्छ भन्ने छैन् । तर पनि मेरो विचारमा पृथ्वीनारायण शाहलाई वर्तमानमा स्मरण गर्दा,सन्दर्भ र समय अनुसार स्मरण गर्नु उचित हुन्छ ।

जस्तै, आजभन्दा २ सय ४० वर्ष पहिलेको अवस्थामा देशको निर्माण गर्नु पक्कै सहज थिएन । हामीले हाम्रो वर्तमान शासन व्यवस्थालाई बेलायतको जस्तो भन्छौँ । तर बेलायतको जस्तो राजापनि हामीले संरक्षण गरेका छैनौँ । बेलायतको जस्तो, आचार–विचार प्रस्तुत गर्न सकिरहेका पनि छैनौँ । अनि कसरी हाम्रो संसदीय व्यवस्था बेलायती मोडलको भयो ? उनीहरुको अवस्था र सन्र्दभले त्यो व्यवस्थाको जग बसेको हो । त्यस्ता विषय देश,काल र परिस्थती अनुसार निर्धारण हुन्छन् । नीति नियम र व्यवस्था सन्दर्भ र समयले निर्धारण गर्ने विषय हुन जस्तो लाग्छ ।

पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए ? जे पनि हुनसक्थ्यो । पृथ्वीनारायण शाह त्यतिवेलाका विम्बका रुपमा बुझ्नुपर्छ । उनले नगरेको भए अर्का कसैले गथ्याे की  ? अहिले उनलाई साम्राज्यबादको नाइके भन्नु कति उचित ?  लडाईमा थिचोमिचो ग¥यो रे ? विश्वासमा तलमाथि पा¥यो रे । ती सबै विगत व्युझाएर दोषारोपण गर्नु उचित हुन्छ ? उनको योगदान स्मरण गर्नुको सट्टा दोष केलाउने ? उनको योगदान,राष्ट्रिय एकता हो । अनि आज त्यसलाई विर्सिएर आरोप वा दोष लगाउने ? त्यो प्रवृती उचित हो जस्तो लाग्दैन् ।

राष्ट्रिय एकता दिवस नमनाउने रे  राष्ट्रलाई टुटफुट गर्नेहरुले किन मान्लान् र ? राष्ट्रिय एकताको दिवस सन्दर्भ  २ सय वर्षअघि हारेको बिषयलाई अहिले हिसाब मागेर हुन्छ ?  त्यसलाई जाती र वर्गसँग जोडेर विभक्त गर्न खोज्नु ? कति उचित होला ?

त्यसैले ती सबै बिषय उठानले समाजलाई हित गर्दैन्,’समाजको भलो चिताउनेले विखण्डन भन्दा एकतालाई जोड दिन आवश्यक छ । राष्ट्रले राष्ट्रिय एकताको प्रतीक पृथ्वीनारायण शाहलाई बनाउन सक्नुपर्छ ।’

 राजनैतिक निष्ठाको कुरा पनि गर्याै । वर्तमानमा नेपालको राजनीतिमा निष्ठा विचलित भएको जस्तो लाग्दैन् ?

अहिले हामीकहाँ मात्र नभएर विश्वभर नै नैतिक मूल्य मान्यता ह्रास भैरहेको छ । अमेरिका,भारत, होस वा बेलायतको प्रसँगमा किन नहोस ? अहिले बस्तुवादिता बढेर गएको छ । जगत सारा उपभोक्तावादी संस्कारले चलेको छ । यस्तो अवस्थामा विश्वमा निष्ठा हराउँदै जानु स्वभाविक हो ।

राजनीतिको स्वरुप नै परिवर्तन भएको छ । भारतको विषयलाई स्मरण गर्दा, कहाँ गान्धी युग,नेहरु,जय प्रकाश र राममनोहर लोहीया युग । तर वर्तमानको भारत स्मरण गर्न चाहन्न । अमेरिकाको कुरा गर्दा जेफ्रसन, लिकंनको युग र वर्तमान तुलना गर्नै मिल्दैन् । त्यसैले वर्तमान विश्वमा राजनीतिमा हामीले चाहेको जस्तो छैन् । हाम्रो देशमा पनि हामीले कल्पना गरेको निष्ठा खोज्नु व्यर्थ मात्र हो ।

विश्वलाइ व्यापार,अर्थतन्त्र,उपभोक्तावाद र सुचना प्रविधीले तहसनहस पारेको छ । सूचनालाई त नियन्त्रण र प्रशोधन गर्न छाड्यौँ । सूचना प्रविधिले विश्वलाई उपभोक्ता भएको छ । त्यसैले म भन्छु, अरुले चपाएको कुरालाई खाने बानीले परनिर्भर बनाएको छ ।

नेपालको सन्दर्भ कुरा गर्दा राजनीति प्रति रुचि छैन् । राजनीति गर्नेले राजनीति त गरिरेहेका छन् । तर समस्याको पहिचान र समाधान गर्न सकिरहेका छैनन् । दैनिक सयौं युवा र विद्यार्थी विदेशी रहेका छन् । उनीहरुको श्रम देश विकासमा सदुपयोग हुन सकिरहेको छैन् । रेमिट्यान्सले देश चलिरहेको छ । हामीले त्यसैलाई आर्थिक समृद्धि भनिरहेका छौं । राजनीतिको आर्कषण बढेको देखिए पनि विर्कषणले त्यसलाई निन्दीत बनाएको छ । राजनीति नीतिको रुपमा नभएर नियतीको रुपमा सहनु पर्ने अवस्था छ । आखिर, त्यसलाई के भन्ने ?

 राजनीतिले देशमा निराशालाई सम्बोधन गर्न नसकिरहेको सत्य हो । तर त्यसलाई नागरिक समाजले पनि सम्बाेधन गर्न चुकिरहेको छ । नागरिक समाज आफ्नो भूमिका निर्वाह गर्न सक्षम छ ?

समाजका सबै क्षेत्र र निकायलाई राजनीतिले ध्रुबीकरण गर्याे । त्यसको प्रभावबाट यहाँको नागरिक समाज पनि अछुतो रहेन् । तर पनि नागरिक समाजसँग नागरिकले अपेक्षा राख्न त पाईएला तर त्यहाँ पनि राजनीतिले अछुतो छोडेन् । त्यसैले म भन्छु कहाँ छ, हामी कहाँ नागरिक समाज ?  तीब्र राजनीतिकरणको शिकार भएको छ । साथै उपभोक्तावादले ग्रसित छ ।

नीतिभन्दा पनि नियतीबाट चलेको अवस्था छ । तटस्थ, स्वीकार्य र प्रभावकारी हुनुपर्ने हो ,तर हुन सकेन् । राजनीति समाजलाई विकल्प दिनसक्ने हुनुपथ्याे । तर सकेन् । समाजमा विकल्प त छ । विकल्पलाई खोजीको विषय बनाइएन् । त्यसो भनेर समाजलाई निराशामा लैजान मिल्दैन् । अझै पनि समाजमा आशाका केन्द्रहरु जिवित पनि छन् ।

समाजको बौद्धिक वर्गको कुरा गर्दा,विवेकले चल्न सकेको छैन् । उनीहरु दलको घेरामा विभक्त छन् वा पारियो । त्यस्तो अवस्थामा नागरिक समाजको के कुरा ? क्षमता र परिवेशले आवश्यकतालाई सम्वोधन गर्न सक्ने वर्गको आवश्यकता छ । तर त्यसलाई कसले बुझ्ने ? यो तप्का आफै संगठित हुन सकेको छैन् । जो सगंठित छन्,नकारात्मक र क्षुद्र किसिमबाट परिचालित छन् । त्यसलाई परास्त गरेर बौद्धिक वर्गमा शक्ति सहितको नयाँ वर्ग जन्मिन आवश्यक छ ।

 बेलाबखत नागरिक समाजको अगुवाका रुपमा यहाँको सार्वजनिक उपस्थिति देखिन्छ ?

फेरी पनि भन्छु म,सामान्य नागरिक हुँ  सामान्य नागरिकका रुपमा मेरो उपस्थिति बुँझिदिन आग्रह छ । मेरो उपस्थितीलाई मिडियाले नागरिक अगुवाका रुपमा प्रस्तुत गरिदिएका हुन् । साथी भाइले आमन्त्रण गरेका स्थानमा बेलाबखत सार्वजनिक महत्वका कार्यक्रममा पुग्ने गरेको छु । तर म नागरिक समाजको अगुवा वा अभिन्यता हैन् । आफूलाई लागेको र देखेका विषयमा अभिव्यक्ति दिन्छु । त्यसलाई समाजले कसरी बुझ्छ ? त्यो उहाँहरुको कुरा हो । नागरिक समाजको सन्दर्भ समाजको अवस्थाको चित्रण गरिसकेको छु ।

देशको अवस्था के साँच्चै निराशाजनक नै हो ?

मानिसको जीवन होस वा समाजिक जीवन । सबैभन्दा घातक निराशा हुन्छ । आशा जगाउन सकिएन भने मानिस समाजका लागि घातक सिद्ध हुन्छ । तर निराशा राख्ने मानिस समाजका लागि सधै घातक हुन्छ । घातक मात्र हैन् विस्फोटक बन्न पुग्छ । त्यो बुझ्न आवश्यक छ । अयर्थाथबादी, निराशा भनेको, विस्फोटक हो ।

निराशा विद्रोहको चरम गुण हो । निराशाबाट मानिस आत्महत्यासम्म पुग्छ ।  त्यसपछि उ आत्मघातीसम्म बन्न सक्छ । त्यस्तो अरुमाथि हमलासम्म गर्न पुग्छ । जो जहाँ छौ, त्यहीबाट समाजको निराशासँग डर मानौं ।

अन्यथा त्यसको परिणाम भयावह र अकल्पनीय हुनसक्छ । यदि राजनीतिमा रहेका नेतृत्व समयमै सचेत नभैदिने हो, भने निराशा सर्वत्र फैलन सक्छ । त्यसैले समाजको मनावैज्ञानिक बुझेर त्यसलाई आशामा परिणत गर्न सक्नुपर्छ । समाजमा आशा पनि छ, भनेर संचार गर्न आवश्यक छ ।

नेपालको सन्दर्भ भन्नुपर्दा नागरिकको कर्तव्य के हो ?  त्यो कसरी वहन भैरहेको छ ?

नागरिकको कर्तव्य र अधिकारसँगै रहन्छ । ‘अधिकारको माग गर्ने नागरिकले कर्तव्यलाई बिर्सन मिल्दैन्, ‘कर्तव्यको कुरा गरिरहँदा नागरिकको पहिलो शर्त देशको संविधान र कानुनको पालना नै हो । साथै राज्यलाई आवश्यक स्थानमा सहकारिता र सामुहिकता प्रकट गर्ने । राज्यको गतिविधी निगरानी गर्ने ।  त्यसका लागि नागरिक स्वच्छ हुन आवश्यक छ । सकारात्मक वा नकारात्मक जे जस्तो होस प्रतिक्रिया गर्नु नागरिक कर्तव्य हो । लोकतान्त्रिक समाजमा आलोचना गर्न नागरिकलाई छुट हुन्छ । आलोचना गर्दैं जानोस् । सकारात्मक सोचको विकास गर्न आवश्यक छ । नजर अन्दाज कसैको गर्न मिल्दैन् । राज्यप्रति होशियारीपूर्वक रहिरहन् आवश्यक छ ।’

राज्यप्रतिको रुचि घट्यो भने त्यसले भय पैदा गर्छ । राज्यको प्रतिको रुचि घट्दा उत्पादनले उपभोक्ता बनाएर आर्कषण गर्न सक्छ । त्यसबाट बच्नाेस् । राज्य प्रतिको रुची पलायन हुन नदिनोस् । राज्यप्रतिको रुची राख्ने नागरिक तीब्र आलोचकसम्म  बन्नसक्छ तर शत्रु बन्दैन् । शासकले सधै बुझ्न आवश्यक छ, आलोचक शत्रु हुदैन् । अपराधीमा सामूहिकतामा कुनै रुचि हुँदैन् । कल्याणकारी राज्यले जनताको रुचीलाई ध्यान दिन्छ । त्यसअनुसार काम पनि गर्छ । जनतालाई रुची विमुख हुने अवस्थामा पु¥याउनु हुदैन् । त्यो राज्यको जिम्मेवारी हो ।

 

नेपालको राजनीति शान्तिपूर्ण अवस्थामा अवतरण भयो भनिन्छ । त्यसपछि फेरी हिंसा शुरु भयो भनिदैंछ । हाम्रो राजनीति शान्तिपूर्ण अवस्थामा अवतरण भएको हो ?

यो राजनीतिक प्रश्न हो । मबाट यसको जवाफ अपेक्षा नगरिदिनोस् । तर पनि मेरो बुझाइमा शान्ति बहाल गर्नसक्ने,बहाल गर्न प्रयास गर्ने मानिस आफैले शान्ति अर्थ बुझेको हुनुपर्छ । सम्झौताले भरोसा गराउने हो ।

त्यसका लागि निश्चित प्रक्रिया अपनाउन आवश्यक छ । भरोसाले सहकार्य गर्ने वातावरण बनायो वा बनाएन् ? त्यसलाई मूल्यांकन गरौं ? शान्तिका लागि सहभागीता,सम्मान,सहकार्य साथै विकास चाहिन्छ । संझौता मात्र शान्ति हैन् ।

 सेवा निवृत समयमा दिन कसरी बिताइरहनु भएको छ ?

म सामान्य नागरिक हूँ । त्यसरी नै दैनिकि,समान्य किसिमबाट नै व्यतित भैरहेको छ ।

(पूर्वप्रधानन्यायाधीस कल्याण श्रेष्ठसँग नयाँ  विश्वका लागि सञ्जय पन्थीले गर्नुभएकाे कुराकानी )

 

प्रतिक्रिया दिनुहोस्