६ बैशाख २०८१, बिहीबार

 

विमानस्थलमा फेरि समातियो ६ किलो सुन

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छन् ।

पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए ।

उनका अनुसार बरामद सुन गहनाको रुपमा ल्याइएको थियो । ‘हामीले सुन सक्कली हो या होइन भन्ने जाँच्नलाई पठाएका छौं’, भण्डारीले भने, ‘जाच्न पठाएको मध्ये ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको देखिएको छ । अन्य परीक्षण हुँदैछ ।’ पक्राउ परेका उनीहरुको परिचय खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्