१६ चैत्र २०८०, शुक्रबार

 

राजधानीकाे भद्रकाली–सुन्धारा मार्गमा धराप बनेका यी रुख व्यवस्थापन कस्ले गर्ने ?

राजधानीको केन्द्र मानिने भद्रकाली–सुन्धरा सडक छेउ सैनिक मुख्यालको बारसँगै जीर्ण अवस्थाका लहेर पीपलका रुख मानवीय धराप बनेका छन् । बदलिंदो मौसमका बखत कुनैपनि बेला ती रुख विपत्तीका कारक बन्ने निश्चत छ, तर समवन्धित निकायको ध्यान पुग्न सकेको छैन् ।

राजधानीको भद्रकाली–सुन्धारा मार्गमा यात्रा गर्ने यात्रु आईतबारको बारा र पर्साको हवाहुरीको भवितव्य स्मरण गर्दा भयभीत समेत हुने गरेका छन् । कारण उक्त मार्गमा रहेका बृद्ध जीर्ण लहरे पीपलका रुख कतिवेला ढल्ने हुन् भन्ने भयले । बारा र पर्सामा जस्तै हावाहुरी राजधानीमा आइदिए मानविय विपत्तीको कारण ती रुख बन्न सक्ने अवस्थामा ठाडिएका छन् । आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीले कपिलवस्तु वाणगंगा मधुवनका हरि पौडेलको परिवारलाई डेढ दशक पहिलेको घटना स्मरण गरायो ।

६० साल बैशाख ३ गते पौडेल परिवारका दुई सदस्य राजधानी आएका बखत गुमाउनुको कारक थियो हावाहुरी । पौडेलकी श्रीमती अर्चना पौडेल (४५)र बहिनी जया पोखरेल (४०) राजधानी काठमाडौं आएको भोलिपल्ट हाडीगाँउबाट सुन्धारा जाने क्रममा भद्रकाली पुग्दानपुग्दै हावाहुरीको चपेटामा परे । भतिजीको विबाहमा आएकी अर्चना र जयाको अकल्पनीय मृत्यु भएपछि पौडेल परिवारको खुशी एकाएक विपत्तीमा परिणत भयो ।

उनीहरु चढेको ट्याक्सी भद्रकाली मन्दिर अगाडी पुग्दा रुख ढलेर च्यापियो । रुखले च्यापेर ड्राइभर सहित तीनै जनाको घटनास्थल मै मृत्यु हुन पुग्यो । अहिले पनि भद्रकाली मन्दिर अगाडी बृद्ध जीर्ण रुख मध्ये कै एउटा लहरे पीपल त्यतिवेला ढलेको हो । बाँकी मध्येका रुख अहिले जीर्ण अवस्थामा छन् । शहीद गेट छेवैमा त्यही प्रकृतीका थप दुई जीर्ण लहरे पीपल छन् ।

बर्षेदेखि ती रुख पतझर अवस्थामा छन् । आहोर–दोहर गर्ने यात्रुका लागि आपतीजनक अवस्थामा शौच गर्ने स्थल  समेत बनेका छन् । तर ती रुखको आयुको कति हो ?  भन्ने कसैलाई एकिन् छैन् । बिषम मौषमको अवस्थामा कतिपय अवस्थामा यात्रुका लागि ती रुख ओत लाग्ने साहरा पनि बन्ने गरेका छन् । तर ती रुखको अवस्था र व्यवस्थापनका बारेमा कसैको ध्यान पुग्न सकेको छैन् ।

यदी आईतबार बारा र पर्सामा जस्तै हावाहुरी आउने हो भने ६० सालको पौडेल परिवारको विपत्ती अरुका लागि नदोहरिएला भन्न सकिदैन् । नजीकै सेनाको भद्रकाली मुख्यालय छ । तर सेनाको पनि ती रुखको अवस्थाको बारेमा खासै ध्यान पुगेको देखिदैन् ।

नजीकै ड्युटीमा रहेका एक ट्राफिक प्रहरीले रुखको अवस्था नियाल्दै बारा र पर्साको जस्तै राजधानीमा फर्कियो भने दुर्घटना हुन सक्ने अनुमान गरे । तर आफु कनिष्ठ (सिपाही) तहको सुरक्षाकर्मी रहेकोले त्यस बारेमा आफ्नो कार्यलयमा निणर्य गर्न सक्ने अधिकार नरहेको उनले गुनासो गरे । कार्यलयमा रिपोर्टिङ गरेपनि सुनुवाई नहुने उनले दुखेसो पोखे । अर्काे ट्राफिक प्रहरी हिमाल खड्काले यो बिषय आफ्नो निकायको नभएर महानगरपालिका वा सेनाको क्षेत्राधिकार पर्न सक्ने सुझाए ।

खड्काले पनि रुखको जीर्ण अवस्थालाई नजर अन्दाज गर्दै दुर्घटना निम्तिन सक्ने स्वीकार गरे । तर त्यस बारेमा समवन्धित निकायलाई सुचित गर्न उनले सुझाए । उनको भनाई पनि आफ्ना सहकर्मीको जस्तै आफ्नो तह र दर्जाले गर्दा त्यस बारेमा निणर्य गर्नसक्ने हैसियत आफुसँग नभएको सुनाए । राजधानीको केन्द्र मानिने सिंहदरवार, भद्रकाली र सुन्धारा मार्गमा दैनिक २५ हजार भन्दा धेरै पैदल यात्रु आहोर–दोहोर गर्दछन् । उक्त स्थान भएर गुड्ने त्यत्तिकै मात्र सवारी साधनको चाप रहन्छ । तर आइपर्ने भवितव्यका बारेमा कसैले ध्यान दिन सकेको देखिदैन् ।

६० सालमा दुर्घटनामा परिवारका दुई सदस्य गुमाएका पौडेल परिवार अहिले राजधानीको स्थायी बासिन्दा भएका छन् । हाडीगाँउ उनीहरुको निवास छ । पौडेल परिवारका सदस्य अहिले पनि भद्रकाली मार्गमा आइपुग्दा आफ्ना परिवारका सदस्यको स्मरण गर्छन् । त्यो विपत्ती स्मरण गर्दा उनीहरुलाई पोल्ने गर्छ । साथै त्यहाँ ठाडिएका जीर्ण अवस्थाका रुख देख्दा आफ्नै परिवारको जस्तै विपत्ती कसैका लागि आइपर्ने कल्पना गर्दै बर्षाैदेखि घर फर्किने गरेका छन् ।

उनीहरुका लागि ती रुखको व्यवस्थापन भैदिए आफ्नो परिवारमा जस्तो प्राकृतिक भवितव्यमा कसैका लागि विपत्ती दोहरिने थिएन कि ? भन्ने कामना छ । मृतक अर्चनाकी बहिनी (देवरानी) मल्पी इन्टरनेशल स्कुलकी शिक्षिका इला पौडेल भन्छिन् ‘बारा र पर्साको विपत्तीले हामीलाई एक पटक फेरी आफ्नै घरको घटना स्मरण भएको छ । भद्रकाली मन्दिर नजीकका जीर्ण लहरे पीपलका रुख देख्दा परिवारमा त्यो दुखद घटना बल्झिन्छ ।’ त्यस्तो  दुर्घटना अरुका लागि ननिम्तियोस भन्ने कामना पाैडेल परिवारकाे छ ।

महानगरपालिकाले नेपाली सेनाको मुख्यालय नजीक भएकोले ती स्थलको व्यवस्थापकिय जिम्मेवारी सेनाले निर्वाह गर्दा उचित हुने आशय व्यक्त गरेको छ । महानगरपालिकाका एक कर्मचारीले महानगरक्षेत्र भित्रका बिषयमा महानगरको जिम्मेवारी रहने भएपनि नजीकै सेनाको मुख्यालय रहेकोले त्यसको व्यवस्थापन सेनाले गर्दा आपत्ती नहुने आशय व्यक्त गरे । तर उनले मानविय दुर्घटना निम्तिन सक्ने बिषय भएकोले जिम्मेवारीका बिषयलाई विबाद वा आरोप प्रत्यारोपमा उत्रिन आवश्यक नरहेको बताए । महानगरपालिकाले स्थलगत अध्ययन गरेर समाधानको उपाय खोज्न सक्ने उनको तर्क छ । मेयर बिद्यासुन्दरका प्रेस सल्लाहाकार मोहन बास्तोलाले त्यस बारेमा समवन्धित निकायमा जानकारी गराउने बताए । क्षेत्राअधिकारको बिषय आफुलाई स्पष्ट नभएको बताए ।

नेपाली सेनाका प्रवक्ता यम ढकालले मुख्यालय नजीक रहेको भएपनि त्यस बारेमा आफ्नो ध्यान पुग्न नसकेको स्वीकार गरे । उनले त्यहाँको वस्तुगत वास्तबिकता बुझेर निणर्य लिन सकिने बताए । केही समयको अन्तरालमा जानकारीको संवेदनशिलतालाई आत्मासत् गरेर प्रवक्ता ढकालले महानगरपालिकासँग समवन्य गरेर त्यसको व्यवस्थापन गर्ने जानकारी गराए । उनले भने ‘महानगरपालिकासँग समवन्य गरेर व्यवस्थापन प्रक्रियालाई अगाडी बढाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्