१६ चैत्र २०८०, शुक्रबार

 

प्रदेश २ को स्थगित एसईई परीक्षा आजबाट पुन: शुरु

काठमाडौ । प्रश्न पत्र बाहिरिए पछि स्थगित भएको प्रदेश २ को एसईई परीक्षा आजबाट पुन ः शुरु भएको छ । प्रदेश २ मा परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले प्रदेशको परीक्षा स्थगित गरेको थियो । स्थगित परीक्षा सुरक्षा चुस्ताका साथ आजबाट पुनः सुचारु भएको छ । प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेशको परीक्षा नै रद्द गरेर नयाँ तयारीका साथ आजबाट शुरु गरेको छ । पहिलो दिन आज पूर्ववत तालिका अनुसार विज्ञान विषयको परीक्षा संचालन भएको छ ।

परीक्षा बोर्डका अनुसार प्रदेश २ मा जम्मा २६३ परीक्षा केन्द्र छन् । ७२ हजार ४९ परीक्षार्थी परीक्षार्थीपरीक्षामा सहभागी भएका छन् ।

यसअघि विज्ञान र समाजिक विषयको परीक्षा पूर्व नै प्रश्नपत्र बाहिरिएपछि समपन्न परीक्षा पनि रद्द गरिएको थियो । त्यसपछि परीक्षाबोर्डको शिफरिशमा दुई विषयका साथै अन्य बाँकी विषयका परीक्षा शिक्षामन्त्रालयले स्थगित गरेको थियो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले प्रश्नपत्र ‘आउट’ बिषयमा अनुसन्धान गर्दा प्रहरीबाट भएको प्रमाण फेला पारेको थियो । प्रश्न पत्र आउट गर्ने प्रहरी जवान सहित ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पुन शुरु भएको परीक्षा अन्तर्गत भोली २३ गते सामाजिक, २४ गते जनसङ्ख्या तथा वातावरण, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितिय, २७, २८ र २९ गते प्राविधिक तर्फका विषयहरुको परीक्षा हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्