१३ बैशाख २०८१, बिहीबार

 

के हो ‘टोर्नाडो’ ? कसरी आउँछ ? (भिडियोसहित)

काठमाडौं । बारा र पर्सामा गत आइतबार विध्वंसकारी हावाहुरी आयो । जसबाट २८ जनाको मृत्यु भयो भने ५ सय भन्दा बढी घाइते भए ।

घाइतेमध्ये अझै पनि केहीको अवस्था सामान्य हुन सकेको छैन । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बारा र पर्सामा आएको हुरीलाई मौषम विज्ञहरुले ‘टोर्नाडो’ भएको पुष्टि गरिसकेका छन् । ‘टोर्नाडो’ सुनामी जत्तिकै शक्तिशाली हुरी भएको बैज्ञानिकहरुको भनाई छ ।

‘टोर्नाडो’मा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्ती केन्द्रीत हुने गर्छ । त्यसले जहाँ छुन्छ, त्यहाँ पुरै विनाश हुन्छ । बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएक हरेक भौतिक वस्तु उखेलिन्छन् ।

‘टोर्नाडो’ आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदैँ चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधी उत्पन्न हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चँदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।
यो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्