१३ बैशाख २०८१, बिहीबार

 

लायन्स क्लव अफ बागलुड पिस टाउनको अध्यक्षमा जिसी निर्वाचित

बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङको लायन वर्ष २०१९–२० को लागि अध्यक्षमा मिना जिसी कँडेल चयन भएकी छन् । शनिबार बागलुङमा सम्पन्न अधिबेशनबाट जिसीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा राममाया घिमिरे, द्धितीय उपाध्यक्षमा लक्ष्मी पन्त, तृतिय उपाध्यक्षमा सुमित्रा श्रेष्ठ, सचिवमा कविता बाँस्कोटा, क्लव प्रशासकमा देवी कार्की र कोषाध्यक्षमा तुल्सी रेग्मी चयन भएका छन् । हालै सम्पन्न अधिवेशनबाट सदस्य सचिवमा सविना पुन, क्लव संयोजक विन्दु खड्का, व्यवस्थापन संयोजक माया पुन, क्लव मार्केटिङ अध्यक्षमा शोभा खड्का कार्की चयन भएका हुन् । 

त्यसै गरि क्लवको निर्देशकमा सीता पुन, जमुना थापा, दीपा भण्डारी, देवी थापा बोहरा निर्वाचित भएको निवर्तमान अध्यक्ष सनिसा घर्तिले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्