११ बैशाख २०८१, मंगलवार

 

लायन्स क्लव अफ धौलागिरि ,बागलुडको अध्यक्षमा शाक्य

बागलुड ।लायन्स क्लव अफ धौलागिरि ,बागलुडको लायन वर्ष २०१९ २० को लागि अध्यक्षमा राजन शाक्य सर्वसम्मत चयन भएका छन ।व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशिल शाक्यले क्लवलाई सृजनशिल ढंगले अगाडि बढाएर समाजमा पृथक पहिचान दिलाउने नयाँ विश्वलाई बताउनु भयो ।

क्लवको प्रथम उपाध्यक्षमा जयराम भारी ,द्धितीय उपाध्यक्षमा तालबहादुर कुँवर र तृतीय उपाध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन ।यसै गरी सचिवमा गणेश महतो ,क्लवको प्रशासकमा निर्माण कुमार श्रेष्ठ र कोषाध्यक्षमा रोशन खड्का चयन भएका छन ।नवनिर्वाचित समितिको नेतृत्वलाई अध्यक्ष बसन्त कुमार श्रेष्ठ ,जोन चियर पर्सन भरत शर्मा ,डिस्टीक डिपुटि डिपार्टमेन चिप काजीमान गुरुड ,डिष्टिक एओजि राजेशचन्द्र राजभण्डारीले शुभकामना दिएका छन ।

प्रतिक्रिया दिनुहोस्