६ बैशाख २०८१, बिहीबार

 

लायन्स क्लव अफ बागलुड,कालिकाको अध्यक्षमा पौडेल

बागलुड ।लायन्स क्लव अफ बागलुड ,कालिकाको लायन वर्ष २०१९ २० को लागि अध्यक्षमा गोपाल पौडेल सर्वसम्मत चयन भएका छन। व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशिल पौडेलले सामाजिक काम गरेर क्लवलाई युवाहरुको आकर्षणको केन्द्र बनाउने नयाँ विश्वलाई बताउनु भयो ।

क्लवको प्रथम उपाध्यक्षमा दिनेश जिसी ,द्धितीय उपाध्यक्षमा शिवबहादुर केसी र तृतीय उपाध्यक्षमा बद्री ढुंगाना चयन भएका छन ।यसै गरी सचिवमा नारायण पौडेल ,क्लवको प्रशासकमा नरेन्द्र कँडेल र कोषाध्यक्षमा ऋषि गौतम चयन भएका छन ।नवनिर्वाचित समितिको नेतृत्वलाई पुर्व अध्यक्ष महेन्द्र खड्का र नरेश कँडेलले बधाई दिएका छन ।
बागलुड, कालिगण्डकी

प्रतिक्रिया दिनुहोस्