१३ बैशाख २०८१, बिहीबार

 

आमाले पब्जी नखेल भनेर गाली गर्दा छोराले गरे आत्महत्या

काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पब्जी खेलका कारण आत्महत्या गरेका छन् । पब्जीको लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पब्जी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।

१६ वर्षीय किशोर कालाकुरी शाम्बाशिवका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पब्जी) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको आफ्नै घरमा रहेको ुसिलिङ फ्यानुमा झुण्डेर आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्