६ बैशाख २०८१, बिहीबार

 

वडा सदस्य रसाईलीद्वारा स्टेचर वितरण

बागलुङ । जैमिनी नगरपालिका—७ जैदीका वडा सदस्य केन्द्र रसाईलीले आफुले पाएको तलव सुविधाबाट गाउँका विपन्न  समुदायका जनतालाई स्टेचर वितरण गरेका छन् । रसाईलीले आफ्नो भत्ताबाट टोलमा २० ओटा स्टेचर वितरण गरेका हुन् ।

जनप्रतिनिधि भएपछि रसाईलीले पाएको तलवभत्ता सामाजिक क्षेत्रमा लगाउँदै आएका छन् । बिरामीलाई बोकेर तुरुन्त स्वास्थ्य संस्थासम्म पु¥याउन सहज होस् भनेर उनले आफ्नो १ लाख २० हजार बराबरका स्टेचर वितरण गर्नमा लगाएका हुन् ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको उपस्थितिमा रसाईलीले स्टेचर वितरण गरेका थिए । यसअघि पनि वडा सदस्य रसाईलीले जैमिनी नगरपालिका—७ स्थित जनता बाल साक्षरता प्राविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, झोला वितरण गरेका थिए । त्यस्तै, संस्कृत मावि बेलवगरमा अध्ययनरत विद्यार्थीका लागि विज्ञानका प्रयोगात्मक सामग्रीहरुसमेत वितरण गरिसकेका छन् ।

अहिलेसम्म सरकारी तलव र आफ्नै खर्चबाट करिब साढे २ लाख रुपैयाँभन्दा बढीका विभिन्न सामग्री सहयोग गरिसकेका छन । सरकारले दिने तलव भत्ता नलिने घोषणा गरेका सराईलीले आगामी दिनमा पनि आफुले पाएको रकम सामाजिक सेवा लगाउने प्रतिवद्धता जनाए । वडा सदस्य निर्वाचित भए संगै उनले भत्ता वडाका विभिन्न सामाजिक काममा सहयोग गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्