१३ बैशाख २०८१, बिहीबार

 

कांग्रेस नेता आचार्यद्धारा सरकारको आलोचना

बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता महेश आचार्यले दुई तिहाईको शक्ति सरकार संग भएको पुजिँलाई खर्च गर्ने क्षमता बढाउन आवश्यक रहेको बताए ।

पुर्व मन्त्री आचार्यले ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गएको आरोप समेत लगाए । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक भएको बताए । विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा धकेलेको आरोप उनले लगाए ।

राजनीतिक पार्टीमाथि प्रतिबन्ध गर्ने काम अलोकतान्त्रीक र संविधान विपरीत भएको भन्दै वार्ताको माध्यम बाट निकास निकाल्नुपर्ने उनको सुझाव छ । जनताको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्ने दायित्व सरकारको भएको उनले बताए ।

स्टेचर हस्तान्त्रण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागलुङका पार्टी सभापती दीपेन्द्र थापा पुर्व पार्टी सभापती तथा संविधान सभा सदस्य प्रकाश पौडेल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि हरीहर शमाले राजनीतिलाई सेवामा जोड्न सके समाज परिवर्तन गर्न सहज हुने बताए । जनताको भावना बुझेर अगाडी बढनुपर्ने उनीहरुको सुझाव थियो । नेपाली कांग्रेस जैदीका वडा सभापती वमबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य कुमारी राना र संचालन नेपाली कांग्रेसका क्षेत्रीय सचिव विकास पौडेलको समेत उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्