१३ बैशाख २०८१, बिहीबार

 

सम्पन्न भयो हार्ले डेभिडसन बाइक फेस्ट

काठमाडौं । शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ ।नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए ।

त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो ।आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलो पटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको विश्व स्तरीय सोरुम रहेको छ ।

हार्ले डेभिडसन मोटर कम्पनीले कस्टम, क्रुजर र टुरिङ मोटरसाइकलहरु उत्पादन गर्छ । यसले सम्पूर्ण रुपमा स्पेयर पार्ट्स, एसेसरिज, राइडिङ गियर र एप्यारेलका साथै मर्चेन्डाइजको पनि व्यवस्था गरेको छ ।कम्पनीले विश्वभरीका हार्ले डेभिडसन ग्राहकहरुलाई अपनत्व महसुस हुने गरी एकतावद्ध गरेको छ । हार्ले डेभिडसनको वारेमा जानकारी दिनका लागि विभिन्न कार्य समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्