१२ बैशाख २०८१, बुधबार

 

मलेसियामा बस दुर्घटना : २ नेपालीसहित ११ जनाको मृत्यु

काठमाडौं । मलेसियामा बस दुर्घटना हुँदा २ नेपालसहित १४ जनाको मृत्यु भएको छ। १२ जना नेपाली कामदार घाइते भएका छन्।

मलेसियाको मुतियारा कायामास कम्पनीमा कार्यरत सर्लाहीका जगरनाथ सिहं दनुवार र बर्दियाका रामु चौधरीको मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परी घाइते हुने १२ नेपालीहरुमा लोकेश ओली, कृष्णबहादुर कवार, महेशकुमार बुढाथोकी, सुमन गाम्छा मगर, केशव थापा, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल, पद्मबहादुर कुँवर र सन्तोषकुमार शाह रहेका छन्। घाइतेहरु सबैको घरठेगाना भने खुल्न सकेको छैन।

घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भीर रहेकाले आइसियूमा उपचार भइरहेको कम्पनीले जनाएको छ। आइतबार रातिको कामका लागि हिँडेका उनीहरु आइतबार दुर्घटनामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्