१६ चैत्र २०८०, शुक्रबार

 

बारा र पर्सामा भत्किएका घर निर्माण गर्न,सरकारले सेनालाई निर्देशन गरेको छैन्

काठमाडौं–सरकारले गत आइतबार बारा र पर्सामा गएको आँधीबेहरीका कारण भत्किएका घरहरुको निर्माण सेनाद्धारा गरिदिने घोषणा गरेपनि नेपाली सेनाले औपचारिक रुपमा कुनै निर्देशन नआएको जनाएको छ ।

उक्त हावाहुरी बारामा २६ जना र पर्सामा १ जनाको मृत्यु भएको थियो । घाइतेहरुको उपचारको क्रममा थप ४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३१ जनाको पुगेको छ । घरहरु कति भत्किएका हुन् भन्ने एकिन जानकारी अझै सार्वजनिक गरिएको छैन् । भत्किएका घरहरुको निर्माण केन्द्र सरकारले सेना मार्फत गरिदिने घोषणा गरेको थियो । भत्किएका संरचनाको निर्माण गर्ने घोषणा गरेको सरकारको निर्णय औपचारिक रुपमा कुनै जानकारी नआएको नेपाल सेनाका प्रवक्ता यम ढकालले बताए । उनले भने ‘सरकारले अहिले सम्म औपचारिक रुपमा जानकारी गराएको छैन् ।’

सरकारले औपचारिक रुपमा जानकारी वा निर्देशन नगराएको जानकारी गराउदै सेनाले सरकारको घोषणा प्रति अन्यौलता प्रकट गरे । सरकारले औपचारिक निर्णय गरेर निर्देशन गरे निर्माणको काममा जुट्न सकिने उनले जानकारी गराए । घटना लगत्तै त्यस क्षेत्रको स्थलगत भ्रमणमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री राम बहादुर थापा, भौतिक तथा योजना निर्माण मन्त्री रघुबीरु महासेठले गरेका थिए । प्रदेश सरकारले मृतक परिवारलाई ३÷३ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । साथै केन्द्र सरकारले भत्किएका घरहरु बनाइदिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्