६ बैशाख २०८१, बिहीबार

 

देशभर मौषम बदली, हावाहुरी सहित वर्षाको संभावना

काठमाडौं। पश्चिमी वायुको प्रभावले मंगलबार बिहानैदेखि उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भई पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको मध्य र पूर्वी क्षेत्रका धेरै र पश्चिमी भेगका केही ठाउँमा मेघगर्जनसहित यतिबेला पानी परिरहेको छ । पुर्वी र मध्य तराईका केहि स्थानहरुमा हावा हुरी चल्ने संभावना रहेको छ |

आज दिनभरी जसो देशका धेरैजसो भूभागमा पानी पर्नुका साथै मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको बताइएको छ।

राती देशको पुर्वी तथा मध्य क्षेत्रका केहि स्थानमा र पश्चिमी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना रहेको छ। पुर्वी तथा मध्य तराईका केहि स्थानहरुमा हावा हुरी चल्ने संभावना छ भने मध्य र पूर्वी हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार बुधवार देशको प्राय स्थानहरुमा मौसम सामान्यतया सफा रहने तर अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

प्रतिक्रिया दिनुहोस्