१२ बैशाख २०८१, बुधबार

 

गल्कोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विस्तार

बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगरपालिकाको पूर्णतासंगै संगठन विस्तार तथा पुर्नगठन कार्यक्रमले वडाहरुमा तिव्रता पाएको छ। सोमबार गल्कोट नगरपालिकाभित्रका तीन वडामा एकै साथ कमिटिहरु गठन गरिएको छ।  वडा नं. २ नरेठाँटिमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलाले टंक कार्कीको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटिको गठन गरेको छ। जसको सचिवमा राम वहादुर कार्की रहेका छन्। कार्यक्रममा नेकपाका प्रस्तावित जिल्ला कमिटि सदस्यहरु बुल वहादुर केसि, तिलक उप्रेती, चन्द्रदत्त रेग्मी, वोम गुरुङ, गुमानसिंह बुढाथोकी, नगर कमिटि सचिव डम्बर श्रीस लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रम होम वहादुर थापाको अध्यक्षता, राम बहादुर थापाको स्वागत मन्तव्य तथा मनोज पुनको संचालनमा सम्पन्न भएको थियो। त्यस्तै वडा नं. १ दुधिलाभाटिमा पनि वडा कमिटिको गठन गरिएको छ। तेजीन्द्र केसिको अध्यक्षतामा गठित २७ सदस्यीय कमिटिको सचिवमा तेजिन्द्र शर्मा रहेका छन्।

कार्यक्रम प्रस्तावित जिल्ला कमिटि सदस्य तिलक उप्रेती र गुमानसिंह वुढाथोकीले प्रशिक्षणात्मक मन्तव्य सहित सहजीकरण गरेका थिए। कार्यक्रम जिवन भण्डारीको अध्यक्षता, तेजिन्द्र शर्माको स्वागत मन्तव्य तथा भिम भण्डारीको संचालनमा सम्पन्न भएको थियो। वडा नं. ५ मा ललित मरासिनिको संयोजकत्वमा २९ सदस्यीय वडा संगठन कमिटिको गठन गरेको छ। जसको सचिवमा होम बहादुर वस्नेत रहेका छन्।

कार्यक्रममा प्रस्तावित जिल्ला सदस्य डिलबहादुर परियार, नगर सदस्य सोमबहादुर थापा, वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापा, जिल्ला समन्वय समितिका सदस्य दलबहादुर थापाको विशेष उपस्थिति रहेको थियो।

यो हप्ता प्रत्येक वडामा पुग्ने र कमिटिहरु गठन गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गल्कोट नगर कमिटिका सचिव डम्बर श्रीसले जानकारी दिएका छन्। नेकपा एमाले र एकिकृत नेकपा माओवादी केन्द्रको एकिकरण पछि पहिलो पटक कमिटिहरुले पूर्णता पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्