१६ चैत्र २०८०, शुक्रबार

 

परिचय पत्रका आधारमा पसलमा सहुलियत

बागलुङ । बालबालिकामा वचत गर्ने बानीको विकास गर्ने उद्धेश्यले बागलुङको सिवाईसी बचत तथा ऋण सहकारीले सोमबार वृहत बाल मिलन गरेको छ । सहकारीको १० औं स्थापना दिवसको अवसरमा बाल मिलन कार्यक्रम गरेको हो ।
बालबालिकालाई सानैदेखि पैसाको महत्व बुझाई भविष्यका लागि बचत गर्ने बानी बसाउने योजना अनुसार कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
बचत गर्ने असल बानी सानै देखि सिकाउन बालबालिकामा सचेतनामूलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बालबालिकालाई सकारात्मक सोच र बचतको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले स्कुल पढ्ने सानै उमेरदेखिका बालबालिकालाई बचत संस्कृति विकास गर्ने उद्देश्यले सहकारीले यस्तो योजना ल्याएको बताए ।
बचत गर्ने प्रचलन एकदमै कम रहेको अवस्थामा देशको विकासका लागि बचतको स्तर वृद्धि गर्नुपर्ने बताउँदै सहकारीले यस्तो अभियन सञ्चालनमा ल्याएको उनको भनाई थियो ।

समाजका सबै तहमा वित्तिय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यलाई ध्यानमा राखी बाल बचत अभियान ल्याएको सहकारीले जनाएको छ ।

बाल बचतकर्ता सोहम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला बचत संघका सचिव ऋषिराम गौतम ,स्वास्थ्य सहकारीसंघ बागलुङका अध्यक्ष सीता शर्मा, बुर्तिवाङ सेवा केन्द्रका अध्यक्ष गण्डकी थापा अधिकारी लगाएतले सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहने भएकाले अभियानको आवश्यकता रहेको बताएका थिए ।

बचत गर्ने बानी विकासका लागि बालबालिका माझ पु¥याउन आवश्यक रहेको बताएका थिए । बाल भेलामा १ सय भन्दा बढी बालबालिकाको सहभागीता रहेको थियो । संस्थाका कर्मचारी सचिता अर्यालको स्वागत र प्रवन्धक नवराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बालबालिकाहरुले विभिन्न सास्कृंतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।यसै वीच सहकारीले सोमबारनै बागलुङका होटल, किराना पसल,डेन्टल तथा मिष्ठान्न व्यवसायी विच अन्र्तक्रिया गरेको छ । व्यवसायीहरुले सहकारीका शेयर सदस्यहरुलाई विषेश सहुलियतमा सेवा प्रभाव गर्न साझेदारी गर्न तयार रहेको बताएका छन् । सहकारीले जारी गर्ने परिचय पत्रको आधारमा १० देखी ३० प्रतिशत सम्मको सहुलियत दिने विषयमा सहमती जनाएका छन । सहकारीको मंगलबार हुने १० औं स्थापना दिवस मापन समारोहमा शेयर सदस्य परिचय वितरण सुरु गर्ने तयारी भएको सहकारीका अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्