१५ चैत्र २०८०, बिहीबार

 

ईक्यानद्धार मुख्यमन्त्री राउतलाई ५ लाख सहयोग हस्तान्तरण

 

काठमाडौं ।  शैक्षिक परामर्शदातृ संघ नेपाल ईक्यानले संकलन गरेको राहत तथा सहयोग प्रदेश दुईका मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरेको छ । ईक्यानका अनुसार पाँच लाख रुपैयाँ मुख्यमन्त्री राउतलाई मंगलबार हस्तान्तरण गरेको छ ।

गत चैत्र १७ गते साँझ प्रदेश नं. २ को बारा र पर्सा जिल्लामा आएको हावा हुरीका कारण भएको जनधनको क्षति हुन गएकोमा शोक व्यक्त गर्दै सहयाेग हस्तान्तरणा गरिएकाे हाे । भौगोलिक अवस्थिति जे जस्तो भएपनि संकटको समयमा तराई, पहाड अनि हिमाल एकजुट भएर विपत्तिको सामना गर्न तयार छौ, भन्ने सन्देश प्रवाह गर्नु पहिलो कर्तव्य भएको ईक्यानले जनाएको छ । बारा र पर्सामा गएको भिषण हुरीबाट पिडीत जनसमुदायको राहतको लागि संघका सदस्यहरु मार्फत स्वतःस्फूर्त रुपमा संकलित पाँच लाख दुई हजार पाँचसय ७६ रुपैया प्रदेश नंं. २ सरकारका माननीय मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको ईक्यानले जानकारी गराएको छ ।
सदस्यहरुले आआफ्ना कम्पनीको तर्फबाट सद्भावपुर्ण उपलब्ध गराएको रकम समवन्धित प्रदेशका मुख्यमन्त्री समक्ष पु¥याएको संघका महासचिव महेश बाबु तिम्लिसिनाले बताए ।

उनले भने ‘विपत्तीको प्रहरमा सहयोग गर्नु मानवीय कर्तव्य हो ।’ मानवीय कर्तव्य गर्न ईक्यान सफल भएको उनको तर्क छ । विगतमा पनि भुकम्पका बखत पनि यसरी संघले राहत तथा सहयोग प्रदान गरेको जानकारी गराउदै उनले आईपर्ने  विपत्ती तथा संकटका बेला संघले आफ्ना तर्फबाट राहत तथा सहयोगलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्