११ बैशाख २०८१, मंगलवार

 

लायन्स क्लव अफ बागलुङ सिटीको अध्यक्षमा जिसी

काठमाण्डौ ।लायन्स क्लव अफ बागलुङ सिटीको लायन वर्ष २०१९ २० को अध्यक्षमा दिपा कुमारी जिसी सर्वसम्मत चयन भएकी छिन ।जिसीले क्लव मार्फत महिलाहरुको नेतृत्व विकास र व्यवसायीक क्षमता बढाउँन लागि पर्ने नयाँ विश्वलाई बताइन ।

यसै गरी प्रथम उपाध्यक्षमा लक्ष्मी घर्ती श्रेष्ठ ,द्धितीय उपाध्यक्षमा पुष्पा कुमारी क्षेत्री,तृतीय उपाध्यक्षमा अनीता राना बानियाँ चयन भएकी छिन ।क्लवको सचिवमा रिता खड्का ,क्लव प्रशासकमा पुष्पा केसी ,कोषाध्यक्षमा सरस्वती कार्की रोका ,सदस्यता प्रमुखमा मिलन बरुवाल,कोडिनेटरमा धना कुमारी सुनार ,क्लव सेवा प्रमुखमा नम्रता बास्तोला पौडेल ,क्लव बजार व्यवस्थापक तथा संचार प्रमुखमा संध्या राजभण्डारी ,निर्देशकमा सिर्जना श्रेष्ठ चयन भएकी छिन ।

नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लव अफ बागलुङ सिटीकी संस्थापक अध्यक्ष पार्वती अधिकारीले बधाई तथा शुभकामना दिएकी छिन

प्रतिक्रिया दिनुहोस्