१६ चैत्र २०८०, शुक्रबार

 

उपाध्यक्ष गौचनको नेतृत्वमा म्याग्दीमा हस्ताक्षर अभियान

काठमाण्डौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले म्याग्दी जिल्लामा राप्रपाको केन्द्रीय उपाध्यक्ष भिम प्रसाद गौचनको नेतृत्वमा सनातन हिन्दू राष्ट्रको माग गर्दै हस्ताक्षर अभियान शुरु गरेको छ। राप्रपाको केन्द्रीय अभियान अनुसार राप्रपाको उपाध्यक्ष हस्ताक्षर संकलन अभियान सुरु गरेको हो।हस्ताक्षर अभियानमा सर्वसाधारण नागरिकहरुको उलेख्य उपस्थिति थियो ।

बेनी बजारमा आयोजित कार्यक्रममा राप्रपाका उपाध्यक्ष गोचनले नेपाल पुरानो आध्यमिक जागरणको सभ्यता बोकेको मुलुक भएकोले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने विचार व्यक्त गरेका थिए । नेपाल देश बचाउन नेपालीको पुर्वीय दर्शन र परम्परालाई जोगाउन जनताको चाहाना अनुसार मौलिक हिन्दु धर्मको पुनस्र्थापना गर्नुपर्ने माग राखेका थिए ।

नेपालको पहिचान हिन्दु धर्म भएकाले सरकारलाई हिन्दु राष्ट्र घोषणाका लागि दबाव दिन हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको राप्रपा केन्द्रीय उपाध्यक्ष गौचनले वताउनु भयो । तल्लो तहदेखि नै सङ्कलन गरिएको हस्तारक्षरलाई एकिकृत गरी आगामी वैशाखमा सरकारलाई बुझाउने राप्रपाका उपाध्यक्ष भिम प्रसाद गौचनले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्