८ बैशाख २०८१, शनिबार

 

ताराखोलामा संचालित स्वास्थ्य शिविरमा ५ सय ३७ जनाको स्वास्थ्य परीक्षण

बागलुङ। ताराखोला गाँउपालिकाको कार्यालय , सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश र नेपाली सेनाको अर्जुनबाण गण, घोडाबाधे बागलुङको संयुक्त आयोजनामा ताराखोलामा संचालित २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ताराखोला गाँउपालिकाको वडा नं. ४ मा रहेको नेपाल मावि तारामा संचालित स्वास्थ्य शिविरमा ३६४ जना महिला र १७३ जना पुरुष ले स्वास्थ्य जाँच गराएको ताराखोला गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर विष्टले जानकारी दिए।
शिविरका अवसरमा स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्याल ,हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवीन पौडेल , धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारी ,मेडिकल अधिकृत डा. रविन बाबु पौडेल , बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. कृष्ण हरि श्रेष्ठ र डा. मिलन मल्ल, नेपाली सेना २३ न. बाहिनी बाग्लुङका मेडिकल अधिकृत डा.कृष्टिना प्रधान लगायत विशेषज्ञ डाक्टर हरु द्वारा स्वास्थ जाँच संगै नि:शुल्क औषधि वितरण गरिएको थियो ।

प्रयोगशाला सेवा अन्तर्गत ई. सि. जि. , तथा भिडियो एक्सरे सेवा समेत प्रदान गरिएको आयोजकले बताएका छन।
शिविरको क्रममा स्त्रीरोग र हाडजोर्नी रोग सम्बन्धी विरामीहरु बढी पाइएको धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले बताए।
शिविर समापनको क्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपस्थित चिकित्सक तथा व्यवस्थापकहरुलाई मायाको चिनो र दोसल्ला सहित विदाई गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्