१३ बैशाख २०८१, बिहीबार

 

प्रहरीको हस्तक्षपपछि ओपिडी सेवा प्रांगणबाट, डा.राई घाइते

प्रहरीसँगको झडपमा घाइते भएका डा.सन्तोष राई

काठमाडौं । प्रहरीले हस्तक्षेप गरी वीर अस्पतालको ओपिडी टिकट काउन्टर खुल्ला गरेको छ । प्रहरीको हस्तक्षेपपछि वीर अस्पतालका डाक्टरहरुले प्रांगणबाट सेवा दिइरहेका छन् । बुधबार बिहानदेखि प्रहरीले टिकट काउण्टर खुल्ला गरेपछि ४ सय ५० जनाले टिकट लिएका छन् । अहिले उनीहरुको स्वास्थ्य जाँच भइरहेको छ ।

वीर अस्पतालमा प्रहरी तैनाथ

सरकारको कडा निर्देशन पछि चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी लगाएर ओपिडी टिकट काउन्टर खुल्ला गरेको हो । टिकट काउण्टर खुल्ला गर्दा डा. सन्तोष राई घाइते भएका छन् । आफूहरुलाई संघ अन्तर्गत राखेर समायोजन गर्नुपर्ने भन्दा विगत ५ दिन देखि अस्पताल सेवा ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्