८ बैशाख २०८१, शनिबार

 

पूर्व सुचना प्रणाली आवश्यक

 


बारा पर्सामा आएको शक्तिशाली हावाहुरी टर्नेडो हो भन्ने निष्कर्षमा मौसम विज्ञहरु पुगि सकेको छ । बारा पर्सामा आएको हावाहुरीको स्थलगत अध्ययन गरेर मौसम संम्वन्धी वैज्ञानिकहरुले उक्त शक्तिशाली आँधीलाई टर्नेडो भएको र त्यसको नेपाली नामको खोजि भइरहेको छ ।

नेपालमा हिमाली भुभागमा हिम ताल फुट्ने , हिम पहिरोको खतरा छ भने नदिमा बाढि आउँने खतरा छ भने पाहाडि भुभागमा पहिरोको जोखिम छ भने तराइ तिर पनि बाढिको विपड आउँने खतरा सदैव बनि रहन्छ ।

यी सबै जोखिम कम गर्न उच्च वैज्ञानिक प्रविधिको सहायता र दक्ष जनशक्तिको आवश्यकता छ ।यस खालको दैवी प्रकोप नियन्त्रन गर्न दैवी प्रकोपको लागि छुटटै फोर्स चाहिन्छ ।

यसको लागि जनचेतना जगाउँनु पर्छ भने हाम्रो शैक्षिक पाठ्य पुस्तकमा मौसम , भुगोल , दैवी प्रकोप र जलवायु परिर्वतन बारे आवश्यक विषय समावेश गर्न पर्छ ।

नयाँ पुस्तालाई यस विषयमा जानकारी दिन सके र जलवायु परिर्वतन बारे सबै नागरिकले सहि शिक्षा दिन सके यस्ता जोखिमबाट बच्न सबैले पूर्व तयारी तयारी गर्ने थिए ।

प्रतिक्रिया दिनुहोस्