१६ चैत्र २०८०, शुक्रबार

 

कालिका कप भलिबल प्रारम्भ

बागलुङ । चैत्राष्टमी मेला २०७५ को विशेष आकर्षण रुपमा रहेको कालिका कप पुरुष भलिबल प्रतियोगिता प्रारम्भ भएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बुधबार प्रतियोगिताको शुभारम्भ गर्नु भएको थियो।बुधवारको उद्घाटन म्याचमा बागलुङ ट्ेनिङ सेन्टरले सिगानालाई ३–१ सेटमा पराजित गरेको थियो ।

चैत्राष्टमी मेला २०७५ मा जम्मा ९ टिमको सहभागिता रहेको छ ।लिग कम नक आउट सिष्टममा बेष्ट अफ फाइभको प्रतिस्पर्धा गराइएको खेल संयोजक किशोर थापाले जानकारी दिनु भयो । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी सहित पर्वत, म्याग्दी, स्याङ्जा जिल्लाका टिमले भाग लिएका छन ।

सर्वाधिक पुरस्कार राशिको कालिका कप भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५१ हजार हात पार्ने छ । यसै गरी दोस्रो हुने टिमले १ लाख १ हजार तथा तेस्रो हुने टिमले ५१ हजार हात पर्ने छ । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको सदस्य–सचिव कुमार खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्