१६ चैत्र २०८०, शुक्रबार

 

‘आर्थिक समृद्धिका लागि नयाँ नीति’ –प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशको आर्थिक विकासका लागि  सरकारले नयाँ नीति ल्याउन लागेको बताएका छन् । अहिलेको आर्थिक नीतिले देश समृद्धिमा जान समय लाग्ने बताउदै सरकारले नयाँ नीति अबलम्बन गर्न लागेको बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औँ वार्षिक साधारणसभा एवं ‘उघोग वाणिज्य दिवस २०७५’ को समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । अहिलेको सरकारलाई देशको आर्थिक वृद्धिदर बढाउने हतारो भएको छ पुरानो नीतिले देश आर्थिक समृद्धिमा जान ढिलो भयो, प्रधानमन्त्री ओलीले भने, ‘सरकारले नयाँ नीति अवलम्बन गरेर देशको आर्थिक नीति मजबुद गराउछ । त्यसको लागि ५५ प्रतिशत हिस्सा निजी क्षेत्रको हुनुपर्छ ।’

‘बृहतर जनताको हितको लागि लगानीको वातावरण बनाउन राष्ट्रिय पूजीपतीको भूमिका महत्वपूर्ण  हुन्छ,  ‘आन्तरिक र बाह्य लगानी भित्राउन र उत्पादन बढाउन हामी जिम्मेवारी भएर प्रस्तुत भयाैँ भने समाजलाई सभ्य बनाउने र विकाशको मार्गमा लैजान सहयोग पुग्छ  ।’

नागरिकको हितलाई उच्च राख्दै समृद्धि र सुरक्षित र सम्मानित जीवन बाच्ने विकास पहिलो सर्त हो ओलीले भने, ‘त्यसको लागि हाम्रो युवा शक्ति र प्राकृतिक श्रोतलाई व्यापक रूपमा परिचालन गर्न सरकार लागि परेको छ । ’  

‘हामीसँग युवाको ठुलो जनसंख्या छ, श्रोत छ, कृषि ,उघोग ,पर्यटन ,उर्जा ,प्रविधि ,व्यापारको क्षेत्रमा व्यवसायिक सहकार्य गरौं । हामीले आयोजना गरेको लगानी सम्मेलनमा हाम्रो मित्रहरूले हाम्रो देशमा लगानी युक्त वातावरण छ भनेर थाहा पाए, ‘त्यसको लागि संघ ,प्रदेश र स्थानीय तहको सरकार मिलेर योजनावद्ध रूपमा आर्थिक विकासको लागि आफ्नो जिम्मेवारी पूरा गनुपर्छ ।’

 

अहिले सरकार करको बारेमा केही अन्यौल रहेको बताउदै प्रधानमन्त्री ओलीले त्यसको लागि सबैले यसको समाधान खोजनुपर्ने बताएका छन् । ‘संघियता नयाँ अभ्यास छ यसको अनुभव हामीले थाहा थिएन, अगाडि चलिरहेको गाडिमा गेयर चलाउदा खतरा हुन्छ ओलीले भने, ‘नयाँ चालकलाई जसरी गाडि चलाउँदा समस्या भए झै संघियता पनि हाम्रो हावा पानी सुहाउँदो बनाउन म लागिपरिरहेको छु ।’

 

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई भुल्नुहुँदैन

नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले नेपाली अर्थबजारलाई बलियो बनाउन सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताएकी छन् । आर्थिक कुटनीति परिचालन गरेर वैदेशिक लगानी भित्र्याउनु पर्ने उनको जोड छ । ‘स्थानीय तहमा भएका व्यवसायीका समस्या हल भएका छैनन् बैंकको व्याज बढेको राणाले भनिन्, ‘त्यसको समधान खोजेर लगानी बढाउन र उद्योगी र व्यवसायीको मनोबल बढाउन सरकारले काम गर्नुपर्छ ।’

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई बिर्सन हुँदैन । निर्यातमा अनुदान दिने ,नेपाली वस्तुहरूलाई आन्तरिक उपभोग बढाउन सहुलियतको अवस्था सृजना गर्नुपर्ने उनको भनाई छ ।

‘सरकारले आर्थिक विकासको लागि लगानी सम्मेलन गरेको छ तर हाम्रो क्षमता र हैसियत बनाएर सबै संघिय तहलाई आर्थिक रूपमा बलियो बनाउन व्यवसायीक वातावरण बनाउन सकारले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्