१२ बैशाख २०८१, बुधबार

 

आर्थिक विकासका सम्भाव्यता विषयक बहस, कुन मुख्यमन्त्रीले के भने ?

काठमाडौं । उद्योग वाणिज्य महासंघको ५१ औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा प्रदेशका आर्थिक विकासका सम्भाव्यता विषयमा बहस शुरु भएको छ । बहस कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का लालबाबु राउत ३ का मुख्यमन्त्री डोरमणि पौडेल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र  कणाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित हुनुहुन्छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई
-प्रदेश एकको आर्थिक विकासलागि अलग– अलग सम्भावना छ ।

-कृषि पर्यटन, उद्योग, व्यापार, धार्मिक पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न स्थानीय र राष्ट्रिय उद्योगीलाई अनुरोध गर्दछु ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत
-औधोगिक सुरक्षा बल प्रदेश नम्बर २ को सरकारले गठन गर्न लागेका छ ।

-२० वर्षसम्म उद्योसँग कर लिने छैन ।

-प्रादेशिक उद्योग नीति ल्याएर ३ घण्टाभित्र लगानी अनुमति दिएर व्यवसायीको मनोबल उच्च बनाउने सरकारको योजना छ ।

-उद्योग सञ्चालन गर्न  कुनै झन्झट, दुःख र कष्ट हुने छैन  । तपाईहरूको साथ विना देशको विकास संम्भव छैन ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल
-नेपालका सबै जसो जनताको चासो प्रदेश तीनमाथि छ ।

-आर्थिक विकासको लक्ष्य हासिल गर्न हाम्रो घोषणापत्रलाई आधार बनाई औधौगिक नीति ल्याएका छौं।

-विकास सम्बन्धि हाम्रो सोच सकरात्मक छैन । प्रदेश सरकारले नीति र कार्यक्रम आर्थिक वृद्धिदर ,रोजगारी सृजना ,आर्थिक विकास र समृद्धि उद्योग ,कलकारखाना र आय आर्जनसँग जोड्नुपर्छ ।

-यो वर्ष दर्ता हुने र उद्योगको प्रकृति हेरेर विभिन्न सहुलियत र सुविधा दिएका छौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ

-जग्गा खरिद नीति केन्द्रीय सरकारले राख्न खोज्दै छ । कोरला नाका क्षेत्रमा व्यवसायी क्षेत्र बनाउन, प्राविधिक विश्व विद्यायलय खोल्न चाहिँने जग्गाको लागि केन्द्रीय सरकारलाई माग गरेको धेरै महिना भयो ।

-प्रदेशमा लगानी मैत्री वातावरण बनाउन गण्डकी प्रदेशले गरिबी निवारण गर्न र जनताको आय बढाउन आर्थिक पाटोलाई प्राथमिकतामा राखेर अगाडी बढेका छाैँ ।

-हाम्रो प्रदेशमा पहिलो पर्यटन ,दोस्रो उर्जा, तेश्रो उद्योग र कृषि हो । त्यसको लागि सरकारले क्षमता र व्यवस्थापनमा सुधार ल्याउँदैछ ।

-उत्पादन वृद्धि गर्न र रोजगारी सृजना गर्न सरकारीले खर्च गर्ने क्षमता बढाउनुपर्छ ।

-होमस्टेको सम्भावना, होटलको संभावना र धार्मिक पर्यटनको संभावना गण्डकी प्रदेशमा छ ।

-अहिले आन्तरिक पर्यटकको संख्या ६ लाख छ यसलाई बढाउदैछौँ।

-चिनियाँ र भारतीय पर्यटक आर्कषित गरेको प्रदेश हो गण्डकी प्रदेश ।

-अन्तर्राष्ट्रिय पर्यटकीय हबको रूपमा प्रदेशलाई विकास गर्दैछौँ ।

-पोखरामा बन्दै गरेकाे अन्तर्राष्ट्रिय एयरपोर्टकाे काम सकियाे  भने ठुलो अवसर छ नयाँ लगानीको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्