१३ बैशाख २०८१, बिहीबार

 

फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पाेका ८ तस्बिर

सन्तोष श्रेष्ठ

काठमाडौं। नेपाल फोटो पत्रकार महासंघ र नेपाल मुद्रण उद्योग महासंघको आयोजनामा आज देखि दोस्रो प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो शुरु भएको छ। एक्स्पो चैत २८ देखि ३० गतेसम्म तीन दिन सञ्चालन हुनेछ।

नेपालमा रहेका संचार माध्यम र सञ्चारसँग सम्बन्धित प्रविधिहरुलाई एउटै छातामुनी अवलोकन गर्न सकिने व्यवस्था मिलाइएकाे छ ।  फोटोग्राफी र छापाखाना सम्बन्धि नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यका फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो शुरु गरिएकाे  नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय महासचिव तथा एक्स्पो संयोजक हरि रेग्मीले बताए।

ईआरएम र मेसे ईण्डिया सहआयोजक रहेको एक्स्पोमा “सुन्दर नेपाल” र “नेपालको लोकतान्त्रिक आन्दोलनका झलकहरु” गरि दुई शिर्षकमा फोटो प्रदर्शनी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्