१३ बैशाख २०८१, बिहीबार

 

स्नातक प्रथम बर्षको नतिजा प्रकाशित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज ब्याचलर अफ एजुकेशन (बीएड) को प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ । बीएड प्रथम वर्षको परीक्षा भद्र २०७५ मा आयोजित भएको थियो । कुल १६३७६ परीक्षार्थीमा मात्र ४७९५ जनाले परीक्षा पास गरेका छन् ।२५८२ जना परीक्षामा अनुपस्थित भएका थिए भने ८५६ जना विषयगत अनुपस्थित थिए ।

४ जना परीक्षार्थीले अमर्यादित व्यबहार गरेका कारण २ बर्षका लागि प्रतिवन्ध लगाएको छ भने १६ जना परीक्षार्थीको यो बर्षको परीक्षा बदर गरेको छ ।५ जनाको परीक्षाको नतिजा रोक्का गरेको त्रिविले जनाएको छ । यो बर्ष २९ दशमलव २८ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् ।

प्रतिक्रिया दिनुहोस्