१२ बैशाख २०८१, बुधबार

 

सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम (विज्ञप्ति सहित)

काठमाडौं। समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउदैं आन्दोलनरत चिकित्सकले माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएका छ्न।

नेपाल चिकित्सक संघले बिहिबार काठमाडौं उपत्यकाभित्रका सरकारी तथा गैरसरकारी अस्पताल, निजि स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ लगायत चिकित्सा पेशासँग सम्बन्धित प्रतिनिधिहरुको भेला बोलाएको थियो। भेलापछि संघले सरकारलाई अल्टिमेटमसहित देशव्यापी आन्दोलनको चेतावनी दिएको हो।

संघले उत्पन्न समस्याको समाधान वार्ता र संवादबाट गर्नु पर्नेमा सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्नेगरी अभिव्यक्ति दिएको, शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेपकोमा विरोध गरेको छ।

संघमातहतमा राखेर समायोजन गर्नुपर्ने माग राख्दै चिकित्सकहरु सात दिन देखि आकस्मिक बाहेकका सेवा बहिस्कार गरि आन्दोलनमा छ्न।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका स्वास्थ्य संस्थामा दैनिक ४० हजार बढी बिरामीहरु सेवा लिन आउँछन।

प्रतिक्रिया दिनुहोस्