१६ चैत्र २०८०, शुक्रबार

 

ग्रीन डेभलपमेन्ट बैंकलाई प्रदेश स्तरीय बैंक बनाइदै

बागलुड । ग्रीन डेभलपमेन्ट बैंकलाई गण्डकी प्रदेश स्तरीय बैंक बनाउँने निर्णय भएको छ । बैंकको बिहिबार सम्पन्न छैठौ साधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाको उद्घाटन बैंकको अध्यक्ष गणेश कुमार श्रेष्ठले गर्नु भएको थियो ।

साधारण सभाले अध्यक्षको प्रतिवदेन,लेखा परीक्षकको प्रतिवदेन ,कार्यक्षेत्र विस्तारको प्रस्ताव र बैंकलाई गण्डकी प्रदेश स्तरीय बैंक बनाउँने प्रस्तावहरु पारित गरेको छ ।चुक्ता पुँजी ५० करोड रहेको बैंकको ९ वटा शाखा रहेको छ ।

बैंकले तनहु र नवलपुरमा शाखा स्थापना गर्ने निर्णय गरेको छ ।साधारण सभामा स्वागत भाषण संचालक दिपेन्द्र कुमार श्रेष्ठ ,धन्यवाद संचालन कृष्ण शंकर श्रेष्ठ र संचालन प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्