७ बैशाख २०८१, शुक्रबार

 

परराष्ट्रमन्त्रीद्वारा फोटो प्रदर्शनीको उदघाटन, हेर्नुहोस् १० तस्बिर

- "नेपाल सुन्दर छ" फोटो प्रदर्शनीको आज उद्घाटन भएको छ।

सन्तोष श्रेष्ठ

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले “नेपाल सुन्दर छ” शीर्षक फोटो प्रदर्शनीको उद्घाटन गरेका छन् । शुक्रबार नेपाल कला प्रतिष्ठान, बबरमहलमा आयोजित प्रदर्शनीमा मन्त्री ज्ञवालीले उदघाटन गरेका हुन् ।

नेपाललाई पर्यटकीय गन्तव्य रुपमा प्रवर्धन गर्न र संसार माझ नेपाल भ्रमणका लागि सुरक्षित छ, भन्ने सन्देश प्रवाह गर्न उद्देश्यले आयोजना गरिएको हो । प्रदर्शनी बैशाख २ गतेसम्म चल्न बताइएको छ ।

२०७२ सालको भूकम्पपछि नेपाललाई भ्रमणका लागि सुरक्षित छैन भन्ने सन्देश विश्वभर फैलिएकाले नेपाल सुरक्षित गन्तव्य हो, भनेर चिनाउन यस्तो खालको प्रदर्शनीको आयोजना गरिएको आयोजकको भनाई छ ।
हेर्नुहोस् तस्बिर:

 

प्रतिक्रिया दिनुहोस्