८ बैशाख २०८१, शनिबार

 

वर्षका ५ उत्कृष्ट नेपाली नायिका, एक नम्बरमा को ?

काठमाडाैं । पछिल्लो समय नेपाली फिल्मी जगतमा नयाँ नयाँँ नायक नायिका भित्रने प्रचलन बढेको छ । नेपाली समाजमा छिटो समयमा नै सबैको मन जित्न सक्ने नायिक नायिक पनि छन् । ती मध्ये ५ जना कलाकारको विषयमा चर्चा गर्दैछौँ । कति नम्बरमा कुन कलाकार

१.स्वस्तिमा खड्काः नायिका स्वस्तिमा खड्काका लागि फूलेको बर्ष हो यो । यो बर्ष स्वस्तिमा अभिनित चलचित्र ‘नाई नभन्नु ल ५, जय भोले, बुलबुल’ रिलिज भए । ‘नाई नभन्नु ल ५’ले नाफा दिदा ‘जय भोले’ले लगानी उठायो । चलचित्र ‘बुलबुल’ बक्स अफिसमा खासै नचलेपनि स्वस्तिमाको कामको प्रशंसा भने सर्वत्र भयो । ट्याम्पो ड्राइभर महिलाको भूमिकालाई उनले न्याय दिइन् । स्वस्तिमाको क्रेज म्यूजिक भिडियो, विज्ञापन बजारमा पनि खुबै देखियो ।

स्वस्तिमालाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि धेरै छ । स्वस्तिमा खड्काले आफूमा ग्ल्यामर मात्र नभएर अभिनय पनि छ भन्ने पुष्टी गरिन् । उनी अभिनित चलचित्रको व्यापार, उनको माग, अभिनय आदिका कारण उनी यो बर्षको ‘ओके टप ५’ नायिकाको सूचीको पहिलो स्थानमा दमदार रुपमा कब्जा गर्न सफल छिन् ।

२.साम्राज्ञी राज्यलक्ष्मी शाहः गतबर्ष पहिलो नम्बर कब्जा गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यो बर्ष एक स्थान तल झरेकी छिन् । साम्राज्ञीको यो बर्ष चलचित्र ‘कायरा र इन्टु मिन्टु लण्डनमा’ रिलिज भए । यी दुबै चलचित्र बक्स अफिसमा पूर्ण सफल भने भएनन् । तर, लभ स्टोरी चलचित्रका लागि साम्राज्ञी सधै नै पहिलो रोजाइमा परेको पाइयो । साम्राज्ञीको अभिनयमा विविधता नआएपनि उनको माग भने घटेन । यो बर्ष उनलाई १५ देखि १६ लाख पारिश्रमिक दिएर दुई चलचित्रमा निर्माताले काम गराएका छन् । साम्राज्ञी सर्वाधिक पारिश्रमिक लिने नायिका पनि बनिन् ।

यस्तै, यो बर्ष नै उनी धनाढ्य व्यापारीसँगको प्रेमका कारण पनि चर्चामा रहिन् । प्रेमीलाई लिएर विभिन्न सार्वजनिक कार्यक्रममा पुगेपछि उनको मिडियामा हाइप खुबै देखियो । बजारमा देखिएको माग, स्टारडम, चलचित्रको व्यापार आदि कारणले नायिका शाह यो बर्षको ‘ओके टप ५’को दोश्रो स्थानमा छिन् ।

३.नम्रता श्रेष्ठः यो बर्ष नायिका नम्रता श्रेष्ठको एउटा मात्र चलचित्र ‘प्रसाद’ रिलिज भयो । यो चलचित्रले व्यापारिक रुपमा राम्रै कमाई गर्दा नम्रताको अभिनयको पनि प्रशंसा भयो । नम्रता बर्षभरी एउटा चलचित्र मात्र खेल्ने तर मिहिनेत गर्ने नायिकाको रुपमा चिनिन्छिन् । यो बर्ष उनले चलचित्र ‘जाइरा’मा अभिनय गरिन् । यो चलचित्रका लागि उनले गरेको मिहिनेत पनि लोभलाग्दो नै छ । नायिका नम्रता श्रेष्ठको रिजर्भ बस्ने र मिहिनेत गर्ने बानीको प्रशंसक खुबै छन् । यो बर्ष उनी प्रेम प्रसंगले पनि चर्चामा रहिन् । एउटै चलचित्रमा उत्कृष्ट अभिनय गर्ने नायिका श्रेष्ठ यही कारणले ‘ओके टप ५’ नायिकाको तेश्रो स्थान ओगट्न सफल भएकी छिन् ।

 

४.प्रियंका कार्कीः नम्बर १ स्थानबाट गतबर्ष नम्बर २ मा झरेकी नायिका प्रियंका कार्कीले यो बर्ष चौथो नम्बरमा आफूलाई टिकाएकी छिन् । नायिका प्रियंका कार्कीको यो बर्ष ‘ह्याप्पी डेज, कोहलपुर एक्सप्रेस, नाई नभन्नु ल ५, कथा काठमाण्डु, छक्का पन्जा ३, चंगाचेट’ लगायतका चलचित्र रिलिज भए । यो बर्ष प्रियंकाले चलचित्रमा आइटम नृत्य पनि खुबै गरिन् । यो बर्ष उनी अभिनित चलचित्र ‘कथा काठमाण्डु’मा उनले दिएको चुम्बन र बेडसिनले बजार ततायो ।

 

५.जसिता गुरुङः गतबर्ष चलचित्र ‘लिलिबिली’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका जसिता गुरुङले पहिलो चलचित्रबाट नै प्रवल संभावना देखाइन् । यो बर्ष उनी अभिनित चलचित्र ‘लभ स्टेशन’ हलमा लागिरहेको छ । चलचित्रबाट जसिताले राम्रै प्रतिक्रिया पाइरहँदा उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि कमी छैन । उनी याे वर्षकाे पाँचाै नम्बरमा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्